३ आश्विन २०८१, बिहीबार
,
Latest
संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गर्ने ७ जना पक्राउ राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन: उपमहासचिव ज्ञवाली खोला किनारामा २० मिटर मापदण्डको विरोधमा माइतीघरमा प्रदर्शन रास्वपा बलियो, स्वच्छ र सुदृढ संघीय सरकारको पक्षमा छ: उपसभापति वाग्ले वीरेन्द्रभक्तले पार गरे मध्यपुरथिमि–पशुपतिसम्मको यात्रा संविधानमा रहेको त्रुटीलाई संशोधनमार्फत सच्याउन सकिन्छ: मुख्यमन्त्री सिंह बीआरआई परियोजना कार्यान्वयनमा ल्याउन ढिलाई गरिनु हुन्न: गणेशप्रसाद तिमिल्सिना अल हरमिनका परफ्युम नेपालमा प्रश्तावित प्रधानन्यायाधीश राउत र दुई राजदुत उपर सार्वजनिक उजुरी आह्वान दुर्घटना हुँदा दुईजनाको मृत्यु
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड-माधव समूहद्धारा चौथो चरणको आन्दोलन घोषणा



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले सरकारको प्रतिगमन विरुद्ध चौथो चरणको आन्दोेलन घोषणा गरेको छ । 

प्रतिनिधिसभा विघटन गर्ने सरकारको प्रतिगमनकारी निर्णयको विरुद्ध प्रचण्ड माधव समुहले फागुन ५ देखि १५ गते सम्म काठमाण्डौ लगायत मुलुकभर विरोध प्रर्दशन ,सभा तथा हस्ताक्षर अभियान सञ्चालन गर्ने भएको हो । १५ गते सम्म संघीय राजधानी र प्रदेश राजधानीमा दैनिक जसो विरोध प्रर्दशनका कार्यक्रम हुने भएका छन् । प्रचण्ड माधव समुहले प्रतिगमन विरुद्ध फागुन १२ गते चितवन र २१ गते दाङमा ठूलो विरोध प्रर्दशन गर्ने भएको छ । संविधान र लोकतन्त्रको पक्ष तथा सरकारको प्रतिगमन विरुद्ध फागुन ७ देखि १५ गते सम्म हस्ताक्षर कार्यक्रम गरिने भएको छ ।

फागुन ८ गते काठमाण्डौमा प्रतिगमन विरुद्ध वृहत अन्तरक्रिया गर्ने , फागुन ६ गते प्रतिगम, मंहगी र भ्रष्टाचार विरुद्ध टुँडिखेल वरिपरि मानवसाङलो सहित विरोध अपरान्ह १ घण्टा विरोध प्रर्दशन गर्ने, फागुन ५ देखि १२ गते सम्म सम्बन्धित प्रदेश जिल्ला कमिटीले प्रतिगमन विरुद्धका कार्यक्रम गर्ने,फागुन ७ गते मुलुकभरका सबै पालिकाका वडा कार्यालयमा विरोध प्रर्दशन गर्ने, फागुन ९ गते प्रतिगमन र महिला हत्या, हिंसा एंव बलात्कार विरुद्ध काठमाण्डौ उपत्यका सहितन देशव्यापी प्रर्दशन गर्ने, फागुन १० गते दलित मोर्चाको तर्फबाट काठमाण्डौ उपत्यका सहित देशव्यापी विरोध गर्ने, फागुन ११ मधेसी, आदिवासी, जनजाति, महिला, मुस्लिम, थारु पिछडिएको क्षेत्र लगायत उत्पीडीत समुदायको पहिचान झल्किने झाँकी सहित प्रर्दशन गर्ने, १४ गते काठमाण्डौमा वृहत युवा र्याली र  १५ गते किसान सुकुम्बासी मोर्चाको तर्फबाट विरोध कार्यक्रम गरिने भएको छ ।

प्रचण्ड माधव समुहले नेपालगञ्ज र जनकपुरमा पनि ठूलो सभा गर्ने तयारी गरेको छ । ती स्थानमा गरिने सभाको मिति पटि टुंगो लगाउने केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलेको असंबैधानिक र निरंकुश कदम,अलोकतान्त्रिक ढंगले जारी गरेको अध्यादेश मार्फत संबैधानिक निकायका पदाधिकी नियुक्त गरि संविधान र कानुनको ठाडो उलंघन गर्ने काम भएको भन्दै ती सबै नियुक्ति खारेजी गरि संविधान एवं कानुन कार्यान्वयनको अवस्थामा ल्याउन आफुहरुले देशव्यापी संघर्षको कार्यक्रम गरेको नेता भट्टराईले बताउनुभयो ।

आइतबार विहान पेरिशडाँडामा बसेको पार्टीको केन्द्रीय संघर्ष समितिले तय गरेको आन्दोलनका कार्यक्रमलाई पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । प्रचण्ड माधव समूहले पुस ५ गते देखि लगातार संघर्षका कार्यक्रम संञ्चालन गर्दै आएको छ । पुस १४, माघ ९ र माघ २८ गते काठमाण्डौमा विरोधसभा गरेको यो समुहले काठमाण्डौ बाहिर पनि दैनिकजसो विरोधसभा गर्दै आएको छ ।

हेर्नुहोस् यस्तो छ विज्ञप्ति