• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईबारे प्रमाण बुझ्न सर्वोच्चको आदेश



काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा नेता माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई विपक्षी बनाई दायर गरिएको रिटमा सुनुवाइ गर्दै प्रमाण बुझ्न आदेश गरेको छ । आइतबार रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशहरु हरि फुँयाल र डा.आनन्दमोहन भट्टराईको इजलासले प्रमाण बुझ्न आदेश गरेको हो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई ललिता निवास काण्डमा किन मुद्दा नचलाएको भनी रिट निवेदन दायर गरेका थिए । सर्वोच्च आदेशसंगै अब अख्तियारले उक्त कागजात पठाउनुपर्नेछ ।

वरिष्ठ अधिवक्ता न्यौपानेको रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत विपक्षी बनाइएको छ ।  मूल मुद्दा भने विशेष अदालतमा विचाराधीन छ । नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री थिए ।

अख्तियारको अभियोगपत्रमा सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको उल्लेख थियो । अख्तियारले यसअघि उक्त प्रकरणमा तत्कालीन ३ मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।