१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको किचलोमा पशुपतिनाथ (भिडियो सहित)



अ+ अ-

 

काठमाडौ।  प्रधानमन्त्री केपि ओलीले केही समय अघि पशुपतिनाथको मन्दिरका पुगि पुजा अर्चाना गर्नुका साथृ पशुपतिमा सुनको जलहरी राख्ने अभियानमा सरकारले बजेट उपलब्ध गराउने आश्वासन दिएर पर्केपछि नेकपाको राननीतिमा पशुपतिनाथको बिषयले राम्रै चर्चा पायो । 

माघ २३ गते नेकपा नेपाल –दाहाल समुहले आयोजना गरेको बिरोध कार्यक्रममा अधिकासं बक्ताले पशुपतिनाथको प्रसंग उठाए । सधै पशुपतिनाथले रक्षा गरुन भन्ने राज बिरेन्द्रको ज्यू देखी पूर्बराजा ज्ञानेन्द्रको सत्ता जोगाउन नसकेको पशुपतिनाथले ओलीलाई पनि जोगाउन नसक्ने भाषण गर्दे आफु समर्थक  कार्यकर्ताको ताली खाए । तर यो बिषयमा चौतर्फी आलोचना भएपछि सो समुहका प्रबक्ता नारायणकाजी श्रेष्ठले प्रष्टिकरण दिनु भएको छ । 

उहाले भन्नुभएको छ  ‘पशुपतिनाथ विश्वभरिका हिन्दूहरूको आराध्यदेव र आस्थाको केन्द्र हो । त्यसको हामी सम्मान गर्छौं र जनताको धार्मिक आस्थाको पनि सम्मान गर्छौं । हाम्रा नेताहरूको प्रस्तुतिलाई गलत ढंगले तोडमोड गरेर धर्म र पशुपतिनाथजस्तो धार्मिक संस्थालाई संकीर्ण राजनीतिक स्वार्थका लागि उपयोग र तुच्छ स्वार्थका लागि दुरुपयोग नगर्न अनुरोध छ ।’