१७ भाद्र २०८३, बुधबार
,
Latest
जनपरिचालन र समन्वय अभावमा सरकार उद्धार कार्यमा असफलः प्रचण्ड पर्यटन पुनरुत्थानका लागि सरकार, पर्यटन बोर्ड र निजी क्षेत्र एकजुट हुनुपर्छः सांसद रेग्मी भोटेकोशी बाढी प्राकृतिक कि मानव सिर्जित भन्ने विषयमा वस्तुगत अध्ययन आवश्यकः नेता थापा ‘यो प्राण बचाउने समय हो’-आङ्देम्बे प्रचारबाजीमा नलागी नागरिकको जीवन रक्षामा केन्द्रित हुन सरकारलाई काँग्रेसको आग्रह प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न पूर्वसूचना प्रणाली विस्तार गर्न आवश्यक: सांसद कार्की विपद्मा नेतृत्वको काम उद्धारमा दौडिनु होइन, संयन्त्र परिचालन गर्नु होः उपनेता पराजुली जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायमा बलियो गरी आवाज उठाउनुपर्छः प्रधानमन्त्री साह टनेलभित्रसम्म बाढी पसेकाले उद्धारमा कठिनाई भइरहेको छ, भारतीय, चिनियाँ र कोरियन विज्ञ टोली परिचालित छन्ः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० मा कप्तान पौडेलको वरियता सुधार



file photo, can
अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको टी-२०  वरियतामा नेपालका कप्तान रोहित पौडेलले ब्याटिङतर्फ ६ स्थान सुधार गरेका छन् । उनी ब्याटिङतर्फ ६ स्थान सुधार गर्दै ४९औँ स्थानमा उग्लिएका हुन् ।

भारतीय ब्याटस्म्यान विराट कोहली कप्तान पौडेलभन्दा एक स्थानमा माथि छन् । कोहली ४८ औँ स्थानमा छन् । यस्तै, भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्मा भने ५१औँ स्थानमा छन् ।

टी-२० को ब्याटिङ वरियतामा भारतका सूर्यकुमार यादव पहिलो, इङल्याण्डका फिल साल्ट दोस्रो र पाकिस्तानका मोहम्मद रिजवान तेस्रो स्थानमा रहेका छन् ।

ब्याटिङतर्फ दीपेन्द्रसिंह ऐरीको वरियता भने ६ स्थान खस्किएको छ । यसअघि ७०औँ स्थानमा रहेका दीपेन्द्र अहिले ७६औँ स्थानमा छन् ।

अलराउन्डरतर्फ भने ५ स्थान सुधार गर्दै दीपेन्द्र २२औँ स्थानमा उक्लिएका छन् । अलराउन्डरतर्फ नेपालकै कुशल मल्ल ३ स्थान सुधार गर्दै ३२औँ स्थानमा छन् । यस्तै, गुल्सन झा ६६औँ, रोहित पौडेल ७५औँ र करण केसी ८०औँ स्थानमा छन् ।

बलिङतर्फ भने टप सयमा नेपालका कुनैपनि खेलाडि परेका छैनन् ।