• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   स्वस्थकर खाना खायौँ भने औषधि जरुरत नै पर्दैन ★   सिंहदरबारमा कृषि प्राविधिकहरुको धर्ना ★   कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु ★   भुक्तानी रोकिँदा नारायणी तटबन्धमा समस्या ★   रास्वपा महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी ★   प्रधानमन्त्रीले आज राजीनामा नदिए एमालेले के गर्छ ? ★   एमालेसँगको सहमति अनुमोदन गर्न आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै ★   ढलभित्र छिर्दा मोटरसाइकल बेपत्ता, चालकको उद्धार ★   ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध ★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश

५९ औँ जन्मदिन मनाउदैछन् आमिर खान



एजेन्सी । बलिउडका मिष्टर परफेक्शनिस्ट आमिर खान आज आफ्नो ५९ औँ जन्मदिन मनाउदैछन् । ८ वर्षको उमेरबाट अभिनय सुरु गरेका उनले ३० वर्षको फिल्मी करियरमा ४८ फिल्म खेलेका छन् । जसमा धैरे फिल्म हिट रहेको छ ।

२०१६ मा आएको उनको फिल्म ‘दंगल’ अहिले पनि हिन्दी भाषामा सबैभन्दा धेरै कमाउने फिल्ममा पर्छ । भारतको शीर्ष दश फिल्ममा तीन फिल्म आमिरको नाममा छ । उनले थ्री इडियट्स, गजनी, लाल सिंह चड्ढालगायतका हिट फिल्महरू खेलेका छन् ।

आमिरले १९७३ मा आएको फिल्म ‘यादोकी बारा’ मा छोटो भूमिका निर्वाह गरेका थिए । १९८८ मा फिल्म ‘कयामत से कयामत तक’ बाट उनले फिल्ममा अभिनयताको रुपमा डेब्यु गरेका थिए । त्यो समयमा उक्त फिल्म सबैभन्दा हिट भयो र उनी रातारात स्टार भए ।

आमिर फिल्म निर्माता पनि हुन् । उनले २००१ मा फिल्म ‘लगान’ बाट निर्माणमा सुरु गरेका थिए । ‘तारे जमिन पर’, ‘दंगल’, सिक्रेट सुपरस्टार’, ‘पीपली लाइभ’, ‘जाने तु या जाने ना’, ‘धोबी घाट’ लगायत फिल्म उनले निर्माण गरेका हुन् ।