२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेसँगको सहमति अनुमोदन गर्न आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । नेकपा एमालेसँग सत्ता सहकार्यको समझदारी अनुमोदन गर्न कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बिहान नौ बजे बैठक बस्ने छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन जारी गरिएको छ ।

कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन गर्ने र नयाँ सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने लगायतका विषयमा समझदारी भएको छ ।

कांग्रेस–एमालेले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाललाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन् । तर दाहालले तत्काल राजीनामा नदिने बरु संसदमा विश्वासको मत सामना गर्ने तयारी गरेका छन् ।