११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘टप्पु’सँग इन्गेजमेन्ट गरेको खबरबारे के भन्छिन् ‘बबिता जी’ ?



अ+ अ-

एजेन्सी । भारतीय टिभी शो ‘तारक मेहता का उल्टा चश्मा’ का फेम कलाकार मुनमुन दत्त र राज अनडकटको गोप्य इन्गेजमेन्टको कुरा सामाजिक सञ्जालमा फैलिएको छ ।

तारक मेहतामा मुनमुनले ‘बबिता जी’को भूमिका निभाएकी छिन् भने राजले ‘टप्पु’को भूमिका निभाइरहेका छन् । राज र मुनमुनले बडोदरामा आयोजित एक निजी समारोहमा इन्गेजमेन्ट गरेको समाचार जताततै देख्न सकिन्छ ।

यो खबर भाइरल भएपछि मुनमुन र उनको टोलीले यो खबर झुटो रहेको बताएकी छिन् । इ–टाइम्ससँग कुरा गर्दै मुनमुनले यो समाचार झुटो र हास्यास्पद भएको बताइन् । मुनमुनले यो अफवाह पूर्णतया मनगढन्ते भएको बताउँदै यस फेक न्यूजमा आफ्नो शक्ति खेर फाल्न नचाहेको बताइन् ।

यता राजको टिमले पनि सामाजिक सञ्जालमार्फत यी खबरमा आफ्नो प्रतिक्रिया दिएको छ । इन्स्टाग्राम स्टोरी सेयर गर्दै राजले सामाजिक सञ्जालमा देखिएका समाचार झुटा र आधारहीन रहेको बताएका छन् ।

तर, राज र मुनमुनको बारेमा आएको यस्तो हल्ला पहिलो पटक भने होइन । यसअघि पनि यी दुवैको बारेमा धेरै किसिमका समाचार बाहिर आएका छन् । केही रिपोर्टमा दुवैले २ वर्षदेखि एकअर्कालाई डेट गरिरहेको दाबी गरेका छन् । दुबैको उमेरमा ९ वर्षको अन्तर छ । मुनमुन ३६ र राज २७ वर्षकी छन् ।