७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भागरथी हत्या प्रकरणः अपराधी भूगोलबारेमा जानकार



अ+ अ-

बैतडी । दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथ भट्टको बलात्कारपछि हत्या भएको १२ दिन हुँदा पनि पत्ता लाग्न सकेको छैन । प्रहरीले अनुसन्धान साँघुरिँदै गएको दाबी गरे पनि हत्याराका बारेमा ठोस प्रमाण फेला पार्न नसकेको हो ।

माघ २१ गते हराएकी भागरथीको शव भोलिपल्ट साँझ ५ बजे फेला परेको थियो । माघ २३ गते तालिम प्राप्त कुकुरले शव भएको स्थानभन्दा करिब २५ मिटर पूर्व भागरथीको मोबाइल, ब्याट्री र कभर अलगअलग गरेर फालेको अवस्थामा भेटेको थियो ।

कुकुर अझै सय मिटरअघि कच्ची बाटोसम्मै पुगेको थियो । ‘भागरथीलाई घिसार्दै घटनास्थलमा ल्याएको ठाउँबाटै कच्ची बाटो नगएर अपराधी सामुदायिक वनको झाडी भएर कच्ची बाटो पुग्नुले उसमा भूगोलको राम्रो जानकारी देखिन्छ,’ स्थानीइ बलदेव भट्टको भनाइ छ । हत्याराले चलाखी गरेकाले प्रहरीलाई पत्ता लगाउन जटिल भएको छ । नागरिक दैनिकमा समाचार छ ।