२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेस्टका नम्बर वान बलर बने अश्विन



अ+ अ-

एजेन्सी । भारतीय अफ स्पिनर रविचन्द्रन अश्विन आईसीसीको टेस्ट बलिङ वरियतामा नम्बर १ मा पुगेका छन् । अश्विनले हालै धर्मशालामा इंग्ल्याण्डविरुद्ध आफ्नो १००औँ टेस्ट खेलेका थिए ।

श्विनले आफ्नै टोलीका बलर जसप्रित बुमराहलाई पछि पार्दै यो उपलब्धि हासिल गरेका हुन् । बुमराह ८४७ अंकसहित दुई स्थान झरेर तेस्रो स्थानमा पुगेका छन् ।

अष्ट्रेलियाका जोस हेजलउड ८४७ अंकका साथ दोस्रो स्थानमा छन् । अश्विन र बुमराहका अलावा रविन्द्र जडेजा (७) पनि टप १० मा छन् ।

अश्विन छैटौं पटक आईसीसी टेस्ट बलिङको शीर्षमा पुगेका हुन् । उनी सन् २०१६ मा पहिलो पटक नम्बर एक बनेका थिए । इंग्ल्याण्डविरुद्धको पाँच टेस्ट म्याचको अन्तिम खेलमा आर अश्विनले दुबै इनिङ्समा ९ विकेट लिएका थिए ।

उनले पहिलो इनिङ्समा ५१ रनमा चार विकेट र दोस्रो इनिङ्समा ७७ रनमा ९ विकेट लिएर भारतको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । भारतले ५ टेस्ट म्याचको सिरिज ४–१ ले जितेको थियो ।