१२ श्रावण २०८३, मंगलवार
,
Latest
सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग प्रधानमन्त्रीलाई संसदप्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइनः प्रमुख सचेतक थापा संसदलाई प्रभावकारी बनाउन र विधेयक अघि बढाउन सत्तापक्ष सक्रियः रास्वपा सचेतक धिताल प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेस्टका नम्बर वान बलर बने अश्विन



अ+ अ-

एजेन्सी । भारतीय अफ स्पिनर रविचन्द्रन अश्विन आईसीसीको टेस्ट बलिङ वरियतामा नम्बर १ मा पुगेका छन् । अश्विनले हालै धर्मशालामा इंग्ल्याण्डविरुद्ध आफ्नो १००औँ टेस्ट खेलेका थिए ।

श्विनले आफ्नै टोलीका बलर जसप्रित बुमराहलाई पछि पार्दै यो उपलब्धि हासिल गरेका हुन् । बुमराह ८४७ अंकसहित दुई स्थान झरेर तेस्रो स्थानमा पुगेका छन् ।

अष्ट्रेलियाका जोस हेजलउड ८४७ अंकका साथ दोस्रो स्थानमा छन् । अश्विन र बुमराहका अलावा रविन्द्र जडेजा (७) पनि टप १० मा छन् ।

अश्विन छैटौं पटक आईसीसी टेस्ट बलिङको शीर्षमा पुगेका हुन् । उनी सन् २०१६ मा पहिलो पटक नम्बर एक बनेका थिए । इंग्ल्याण्डविरुद्धको पाँच टेस्ट म्याचको अन्तिम खेलमा आर अश्विनले दुबै इनिङ्समा ९ विकेट लिएका थिए ।

उनले पहिलो इनिङ्समा ५१ रनमा चार विकेट र दोस्रो इनिङ्समा ७७ रनमा ९ विकेट लिएर भारतको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए । भारतले ५ टेस्ट म्याचको सिरिज ४–१ ले जितेको थियो ।




भर्खरै