५ भाद्र २०८३, शुक्रबार
,
Latest
‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएनजीविरुद्ध नेपालको लज्जास्पद हार



अ+ अ-

काठमाडौँ । खराब ब्याटिङ गरेको नेपाल त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृृङ्खलाको फाइनल खेलमा पपुवा न्यूगिनी (पीएनजी)सँग पराजित भएको छ ।

पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा अलआउट हुँदै मात्र ८५ रन बनायो।

नेपालका लागि सन्दीप जोराले सबैभन्दा धेरै १७ रन बनाए । आरिफ शेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाउदा अन्य कुनै पनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालले एक्स्ट्रा १६ रन पायो ।

पीएनजीका चान्द सोपर,सेसे बाउ, सेमो कामे र काबुवा मोरेले समान दुई विकेट लिए ।

त्यसअघि हङकङमा टस हारेर पहिला ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो।

पीएनजीका टोनी उराले अर्धशतकिय ईनिङ खेलेका थिए । उनले ३७ बलमा ५ चौका र ४ छक्कासहित ६१ रनको योगदान दिए । अलेइ नाओले ३०, हिला वारेले १८, हिरि हिरिले १५ र किप्लिन दोरिगाले १४ रन बनाए ।

नेपालको लागि कुशल भुर्तेल र आकाश चन्दले समान तीन /तीन विकेट लिएका थिए । करण केसि र गुलशन झाले एक /एक विकेट लिए ।