१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभा विघटनको निर्णय देववानी वा फौजदारी विषय होईन– प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिगत दुई वर्ष देखी बहुमतको नभै गठबन्धनको सरकार चलाएको जस्तो भएको बताउनुभएको छ ।

सरकार गठन भएको तीन बर्ष पुगेको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले आफनौ पार्टीका नेताहरुले समानान्तर सत्ता चलाउन खोजेपछि नयाँ जनमत लिन प्रतिनिधिशभा बिघटन गरेको  दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले  जनताले अगिल्लो निर्बाचनमा पनि उपयुक्त मत दिएपनि पात्रहरु उपयुक्त नभएका कारण नया पात्र नयाँ सोच सहित नयाँ जनादेश पाउ भन्दै जनतामा जान प्रतिनिधिशभा भंग गरेको बताउनु भयो । उहाँले यो विषय  देवानी वा फौजदारी बिषय नभएको भन्दै राजनीतिक बिषयको निर्णय जनताले दिने बताउनुभयो ।