२६ पुष २०८१, शुक्रबार
,
Latest
अनाधिकृत फोटोको प्रयोग रोक्नुपर्नेमा फोटोग्राफर र कलाकारको जोड नेपालमा सम्भावना नै छैन भन्ने भाष्य परिवर्तन गर्नु आवश्यक छ: अध्यक्ष ढकाल सरकारको सदासयतालाई कमजोरी नठान्न अर्थमन्त्रीद्वारा निर्माण व्यवसायीहरुलाई आग्रह नवलपुरको दुम्कीबासमा पुल भासिँदा पूर्व-पश्चिम राजमार्ग पूर्ण अवरुद्ध मुद्रास्फीति छ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छः सभापति देउवा चालु खाता बचतमा, विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब अर्थतन्त्र चलायमान बनाउन नीतिगत सुधारमा जोड अध्यक्ष दाहाल—नेपाल र लिङदेनबीच सिंहदरबारमा भेट, समसामयिक राजनीतिबारे छलफल नेपाल कबड्डी लिगको खेल तालिका सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई प्रधानमन्त्री बन्ने इच्छा छैनः ओली



तस्बिरः रासस
अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

यस्तै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल, आफू र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्री पद १३/१३ महिनाका लागि बाँडफाँड गरेको समाचार आएकोमा आपत्ति समेत जनाए ।

उनले भने, ‘आज प्रधानमन्त्रीको कार्यकाल १३/१३ महिना बाँडेको कुरा बजार भरी देख्छु । यसले यो सरकार किन परिवर्तन भएको हो ? यसमा नेताहरू सहकार्य किन गरेको हो भन्ने कुराको गरिमालाई घटाएको छ यस्ता खबरहरूको अनुचित सम्प्रेषण । यो गलत कुरा हो । प्रधानमन्त्री हुनकै लागि हामीले यस्तो गरेको होइन । मलाई यो प्रधानमन्त्रीको इच्छा पनि छैन । ’