• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

भ्रष्टाचार गर्ने मान्छे जतिसुकै पहुँचवाला भएपनि कारबाही गरेरै छाड्छु : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार गर्ने जोसुकैलाई पनि कारबाही गरेरै छोड्ने बताएका छन् । सोमबार सरकार गठन भएको तीन वर्ष पुगेको अवसरमा सम्बोधन गर्दै भ्रष्टाचार गर्ने जतिसुकै उच्च ओहोदावाला वा कथित पहुँचवाला भएपनि कारबाही गरेरै छाडिने बताएका हुन् । 

‘दुराचार र दुराचारी, भ्रष्ट र भ्रष्टाचारीका सन्दर्भमा मुखमा पानी हालेर बोल्ने मेरो वानी छैन,’ उनले भने, ‘जो जतिसुकै उच्च ओहोदावाला होस् वा कथित पहुँचवाला तिनीहरूको मुख हेरेर सजाय तोकिन्न । कारबाही गर्ने/नगर्ने फैसला लिइन्नँ । ’

सरकार तीन वर्षमा भ्रष्टाचार र राजस्व चुहावटलाई नियन्त्रणमा राख्न सफल भएको प्रधानमन्त्रीले दाबी समेत गरेका हुन् ।