२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० सिरिज फाइनल: नेपालले पहिला फिल्डिङ गर्दै



अ+ अ-

काठमाडौं । हङकङमा जारी टी-२० सिरिजको फाइनल खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

पपुवा न्युगिनीविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले हिजो भएको खेलमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको थियो । त्यसअघि भएको नेपाल र हङकङबीचको खेल भने वर्षाको कारण रद्द भएको थियो ।

हिजै भएको अर्को खेलमा पपुवा न्युगिनीले हङकङलाई १० विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । नेपाली टोलीमा कप्तान पौडेलसहित कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दिप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, आकाश चन्द, लोकेश बम, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी र सागर ढकाल छन् ।