• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभामा आज तीन वटा मन्त्रालयको बजेटमाथि छलफल हुने ★   राष्ट्रपति पौडेल जर्मनीमा ★   ओली र लामिछानेले किन दाहाललाई तर्साउन थाले ? ★   हारेको खेलबाट नेपालले जितेको प्रशंसा, देश भित्रको अवस्था भने दयालाग्दो ★   पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो ★   बागमती प्रदेशः ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन ★   सुदूरपश्चिम प्रदेशः रु ३१ अर्ब ६२ करोड बजेट पेस ★   एमाले संसदीय दल बैठक–कानून निर्माणमा चनाखो भएर भुमिका निर्वाह गर्न अध्यक्ष ओलीको निर्देशन ★   कोशी प्रदेशः ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक ★   गण्डकी प्रदेशः आगामी आवका लागि रु ३२ अर्ब ९७ करोड बजेट

ओली र नेपाल बीच १५/१५ महिना प्रधानमन्त्रीको सहमति भएको मेटमणीको दाबी



काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

बुधवार बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बैठकले प्रधानमन्त्रीमा १५/१५ महिनाको सहमतिअनुसार कार्यान्वयन नभए फरक तरिकाले सोच्ने बारेमा पनि निर्णय भएको बताउनु भयो । उहाँले सहमति कार्यान्वयन हुनेगरी विश्वासको मत दिने निर्णय गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले हिजोको दिनमा प्रधानमन्त्रीसँग जुन सम्झौता गरेका छौँ । जुन विषयहरु बाहिर पनि आइसकेका छन् । त्यो विषयमा सहमति भएको छ । त्यसको कार्यान्वयन गर्न हामी इच्छुक छौँ । तर आज त्यो सबै सहमति कार्यान्वयन हुनेगरी विश्वासको मत दिने निर्णय गरेका छौँ । हामीले जे विषयमा सहमति भएको छ, त्यो सहमति कार्यान्वयन हुन सकेन, भएन भने, इमान्दारी भएन भने फरक तरिकाले सोच्न सक्ने निर्णय गरेका छौँ । १५/१५ महिना प्रधानमन्त्रीको सहमति भएको छ । अबको १५ महिना प्रचण्ड, त्यसपछि माधवकुमार नेपाल र त्यसपछिको प्रधानमन्त्री केपी शर्मा ओली हुने भन्ने सहमति भएको छ ।’

प्रमुख सचेतक चौधरीले अबको १५ महिना नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, त्यसपछिको १५ महिना नेकपा (एकीकृत समाजवादी) का माधवकुमार नेपाल र त्यसपछिको १५ महिना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने सहमति भएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल