१ असार २०८३, सोमबार
,
Latest
सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह सुर्खेतमा सामुदायिक वनको रकम हिनामिना गरेकाे आरोपमा तीन जनाविरुद्ध अख्तियारको मुद्दा जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई सरकार चलाउन मन नलागे घर जानुपर्दैन : गगन थापा



अ+ अ-

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले बहुमतप्राप्त प्रधानमन्त्री केपी ओलीले सरकार चलाउन मन नलागेमा घर जानुपर्ने बताएका छन् । सोमबार चितवनको भरतपुर आयोजित बिरोधसभालाई सम्बोधन गर्दै बहुमत प्राप्त गरेको प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने काम अनधिकृत रहेको बताएका हुन् । 

सर्वोच्चमा चलिरहेको प्रतिनिधि सभा विघटनको मुद्दातर्फ संकेत गर्दै नेता थापाले असंवैधानिक रुपमा संसद् विघटन गर्ने प्रधानमन्त्रीसँग अदालत डराउन नहुने बताएका छन्।

‘विना कुनै पक्षपात, विना कुनै भय यो अदालतले निर्णय गरोस्, मेरो अदालत यो प्रधानमन्त्रीसँग नडराओस्, अदालतले हिम्मत गरोस्’, कार्यक्रममा उनले भने, ‘अदालतले संविधानको धारा मात्र हेरोस् !’

आफूलाई सर्वोच्चले निष्पक्ष निर्णय दिनेमा विश्वास रहेको भन्दै उनले यो अदालतबाट संसद पुनर्स्थापना भएरै छोड्ने बताए । संविधानको विघटन हुँदा त्यसको विरुद्धमा पार्टी एकजुट भएर जानुपर्ने बताए।

थापाले संविधानमा भएका सबै कुरालाई लिएर यसको रक्षाका लागि सबै उठ्नुपर्ने बताए। 

‘जगै हामीले भत्कायौं भने घर कसरी बनाउने ? यो संविधान हाम्रा निम्ति जग हो, यही टेकेर घर बनाउने हो’, उनले अगाडि भने, ‘तर, प्रधानमन्त्री ओलीले त्यही जग भत्काइदिए।’ 




भर्खरै