२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।

मंगलबार अपराह्न सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको पक्षमा मतदान गर्न जसपाले ह्विप जारी गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।