• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



काठमाडौँ । इंग्लिस क्लब आर्सनल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई पेनाल्टीमा ४–२ गोलले हराउँदै आर्सनल १४ वर्षपछि क्वाटरफाइनलमा प्रवेश गरेको हो । यसअघि २००९/१० को सिजनमा आर्सनल क्वाटरफाइनलमा पुगेको थियो ।

दोस्रो लेग अन्तर्गत घरेलु मैदान इमिरेट्समा खेलको ४१ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले गोल गर्दै आर्सनललाई एग्रिगेटमा १–१ को बराबरीमा ल्याएका थिए ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म पनि एग्रिगेटमा १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।