५ भाद्र २०८३, शुक्रबार
,
Latest
‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहराइनसँग खेल्ने फुटबल टोलीको घोषणा



अ+ अ-

काठमाडौँ । बहराइनविरुद्ध विश्वकप छनोट फुटबल खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । फिफा विश्वकप र एएफसी एसियन संयुक्त छनोट अन्तर्गत बहराइन विरुद्धको दुई खेलअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार यही टोलीले मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल पनि खेल्नेछ । नेपालले यही मार्च १५ अर्थात चैत २ गते मलेसियासँग उसैको मैदानमा खेल्नेछ । जसका लागि नेपाली टोली बुधबार मलेसिया प्रस्थान गर्नेछ ।

विश्वकप छनोट अन्तर्गत नेपालले चैत ८ र १३ गते बहराइनसँग उसकै घरेलु मैदानमा दुई खेल खेल्दैछ । चैत ८ गते बहराइनसँग घरेलु मैदानमा खेल्ने तालिका भए पनि दशरथ रंगशाला ‘अयोग्य’ भएपछि खेल नेपालमा नहुने भएको हो । सो खेल पनि अब बहराइनमै हुनेछ ।

नेपाली टोली:

गोलकिपरः किरण चेम्जोङ, विशाल सुनार, अभिषेक बराल

डिफेन्डरः अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिस श्रेष्ठ, सौभाग्य राई, सुमित श्रेष्ठ

मिडफिल्डरः भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई

फरवार्डः अञ्जन विष्ट, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जिव विष्ट