९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

कुनैबेला आईपीएलमा तहल्का पिट्ने यी खेलाडीहरु जो अहिले गुमनाम छन्

कुनैबेला आईपीएलमा तहल्का पिट्ने यी खेलाडीहरु जो अहिले गुमनाम छन्
अ अ+ अ-

एजेन्सी । आईपीएलमा खेल्ने कुनै पनि खेलाडीले पैसासँगै नाम पनि कमाउँछन् । तर हरेक खेलाडीले आफ्नो नाम कायम राख्न सक्दैनन् । त्यहाँ धेरै खेलाडीहरू छन् जसले पहिले धेरै प्रसिद्धि कमाउँछन् र त्यसपछि अचानक गायब हुन्छन् ।

यस्ता खेलाडीलाई जनताले बिर्सन्छन् । हामी तपाईंलाई केही यस्ता खेलाडीहरूसँग परिचय गराउँदैछौं, जो कुनै समय आईपीएलका नायक थिए तर अहिले गुमनामको जीवन बिताइरहेका छन् ।

१. पल भल्थाटी


पञ्जाव किंग्सका लागि ओपनर रहेका पल भल्थाटीले आफ्नो एक इनिङले चर्चा बनाएका थिए । पञ्जावका ब्याट्सम्यानले चेन्नईविरुद्ध ६३ बलमा १२० रनको आँधीबेहरी इनिङ खेलेका थिए । तर केही समयमै उनी गुमनाम भए । मिडिया रिपोर्टका अनुसार भल्थाटी अहिले एयर इन्डियामा काम गर्छन् र उनीहरुको टोलीका लागि खेल्छन् ।

२. कामरान खान


अष्ट्रेलियाका पूर्व लिजेण्ड शेन वार्नले राजस्थान रोयल्सबाट खेल्ने फास्ट बलर कामरान खानलाई निकै राम्रो मानेका छन् । कामरानले आईपीएलको पहिलो सुपर ओभर बलिङ गरे र उनको टोलीले जित्यो । तर त्यसपछि कामरानको बलिङ एक्सन शंकास्पद भएको भन्दै उनी बिस्तारै हराउँदै गए ।

३. स्वप्निल अस्नोडकर


आईपीएलको पहिलो सिजन राजस्थान रोयल्सबाट खेलेका स्वप्निल अस्नोडकरले ९ खेलमा ३४ को औसत र १३४ को स्ट्राइक रेटमा ३११ रन बनाएका थिए । टोलीलाई जित दिलाउन उनको महत्वपूर्ण योगदान थियो । अस्नोडकरले सन् २०११ मा राजस्थानका लागि आफ्नो अन्तिम खेल खेलेका थिए र उनी आइपीएलमा फेरि कहिल्यै देखिएनन् । स्वप्निलले २०१८ मा सन्यास लिए र अर्को वर्ष गोवा अन्डर–२३ को प्रशिक्षक बने ।

४. शिभिल कौशिक​


गुजरात लायन्सले शिभिल कौशिकलाई आइपिएल २०१६ मा समावेश गरेको थियो । शिभिल एक चाइनाम्यान बलर थिए र उनको एक्सन एकदमै अनौठो थियो । उनको बलिङ एक्सन दक्षिण अफ्रिकाका पल एडम्सको जस्तै थियो । उनले आईपीएलमा दुई सिजन खेले र त्यसपछि गायब भए ।

५. परविन्दर अवाना


परविन्दर अवाना आईपीएलमा पञ्जाब किंग्सबाट खेलेका थिए र उनको उत्कृष्ट प्रदर्शनका कारण उनले भारतीय टोलीमा स्थान पाएका थिए । तर दुई टी–२० अन्तर्राष्ट्रिय खेलेका अवानाले कुनै विकेट लिन सकेनन् । यद्यपि उनले आईपीएलमा ३३ खेल खेलेका छन् । अवानाले २०१८ मा सन्यास लिएका थिए ।