९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

पीएनजीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा

पीएनजीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा
अ अ+ अ-

काठमाडौँ । नेपाल हङकङमा जारी त्रिकोणात्मक सिरिजको फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा पपुवा न्यूगिनी (पीएनजी)लाई ८५ रनले हराउँदै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६.१ ओभरमा अलआउट हुँदै ११३ रनमात्र बनाउन सक्यो ।

पीएनजीका लागि हिरी हिरीले २८, सेसे बाउले २१, टोनी उराले १३ तथा नोसइना पोकानाले १२ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४, प्रतिश जिसिले २ तथा आकाश चन्द र गुलशन झाले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १९८ रन जोड्यो ।

नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतकीय पारी खेले । ३९ बल खेलेका भुर्तेलले ४ चौका र ४ छक्का हिर्काउँदै ५९ रन जोडे । यस्तै, जोराले २६ बलमा ३ चौका र ४ छक्काको हिर्काउँदै ५६ रन जोडे ।

बिनोद भण्डारीले २७ र लोकेश बमले १४ रन जोड्दा गुलशन झा १५ र विवेक यादव १९ रनमा अविजित रहे । ४ बलमात्र खेलेका यादवले ३ छक्का हिर्काए । बलिङतर्फ पीएनजीका आशाद भालाले दुई तथा नोसैना पोकाना, जोन कारिको र नोर्मान भनुआले एक–एक विकेट लिए ।

आज हुने लिग चरणको अन्तिम खेलमा पीएनजी र हङकङले खेल्नेछन् । उक्त खेलको विजेताले बुधबार हुने फाइनलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।