२ बैशाख २०८२, मंगलवार
April 15, 2025 Tuesday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 24.84

Wind: 2.06

Humidity: 38

Latest
ब्याटिङमैत्री पिचमा आज पञ्जाब र कोलकाता भिड्दै, धेरै रन बन्ला ? विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री थापा सुनको मूल्य प्रतितोला १७०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ? गैँडाको शून्य चोरीसिकार पाँच सय दिन कट्यो सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा भोजपुरको वैकुन्ठेमा सुन्तला, कागती फलफूल सिकाइ केन्द्र स्थापना फोहोरी राजनीतिको अङ्ग बन्न क्रियाशिल भएका होइनौँः महामन्त्री थापा आजदेखि टियूको ट्रान्सक्रिप्ट आवेदन अनलाइन मार्फत दिन मिल्ने अमेरिकी हवाई आक्रमणमा यमनको राजधानीमा ६ जनाको मृत्यु, १३ घाइते मिथिलासहित तराई/मधेसमा आज जुडशीतल पर्व मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज, दाहाल र शर्माबीच प्रतिस्पर्धा



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने छ ।

हिजो सोमबार उमेदवारी दर्ता भएको थियो । सत्ता गठबन्धनको तर्फबाट नारायण दाहालले उमेदवारी दिएका छन् भने नेपाली कांग्रेसले पनि उमेदवारी दर्ता गराएको छ । कांग्रेस सांसद युवराज शर्माले उमेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रियसभामा पहिलो दल माओवादीसँग एक मनोनीत र उपाध्यक्षसहित १८ सदस्य छन् । एमालेसँग प्रतिनिधित्व गरेका १० सांसद छन् । एकीकृत समाजवादीका आठ, जसपाका तीन सांसद छन् । राष्ट्रियसभाका उपाध्यक्षसहित ३९ सांसद सत्ता गठबन्धनका तर्फबाट छन् ।

अर्कोतर्फ प्रमुख प्रतिपक्ष दल कांग्रेसका १६ सांसद छन् । यस्तै, लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक सदस्य छन् । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतम छन् । गौतमले कता भोट हाल्छन्, खुलाएका छैनन् ।

हिसाबअनुसार, ३९ सांसद भएको सत्ता गठबन्धनले राष्ट्रियसभा अध्यक्षको चुनाव जित्ने पक्कापक्की छ ।