४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलालीको एक होटलमा युवक मृत भेटिए



प्रतीकात्मक तस्बिर
अ+ अ-

धनगढी । कैलालीको एक होटलमा युवक मृत भेटिएका छन् । 

गौरीगंगा नगरपालिका–४ को राजीपुरमा रहेको गहतेगडा होटेलमा युवक मृत अवस्थामा भेटिएका हुन् । 

घोडाघोडी नगरपालिका–१ का अन्दाजी ३५ वर्षीय युवक साधन डाम मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

गत माघ ३ गतेदेखि सोही होटलमा बसिरहेका डाम होटलको कोठामा शनिबार ओछ्यानमा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन् । 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।