२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो आलिशान छ रोहित शर्माको घर



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा ब्याटिङ बाहेक आफ्नो रमाईलो शैलीका लागि परिचित छन् । उनले मैदान भित्र र बाहिरका फ्यानहरुबाट अपार माया पाइरहेका छन् ।

रोहित शर्मा आफ्नो फुर्सदको समयमा परिवारसँग समय बिताउने गरेको देखिन्छ । रोहितले आफ्नी छोरीसँगको सुन्दर तस्विर शेयर गरेर फ्यानको मन जितेका छन् । एकै समयमा, प्रशंसकहरू उनलाई अझ नजिकबाट चिन्न उत्सुक छन् । यसैबीच उनको घरबारे यहाँ जानकारी लिऔं ।

फ्यानहरूले क्याप्टेन रोहितलाई हिटम्यानको रूपमा बोलाउँछन् । भारतीय टोलीका कप्तान रोहित मुम्बईका बासिन्दा हुन् । उनी मुम्बईको आलिशान घरमा बस्छन् । इन्स्टाग्राममा शेयर गरिएका तस्बिरहरूमा उनी प्रायः आफ्नो घरमा पूजा गर्दै र कहिले छोरीसँग खेलिरहेको देखिन्छन् ।

उनको घरका केही तस्बिरहरू छन् जुन कमैले देखेका छन् । एक हिसाबले क्याप्टेन रोहित राजाको जीवन बिताइरहेका छन् । हेरौं उनको घरका तस्बिरहरू ।

रोहित शर्माको घरको मूल्य करिब ३० करोड भारु रहेको छ । उनी मुम्बईको २९ औं तल्लामा रहेको अपार्टमेन्टमा बस्छन् । रोहितको यो अपार्टमेन्ट ६ हजार स्क्वायर फिटमा बनेको छ । उनको घरमा ४ किंग साइजको सुत्ने कोठा, भान्छा र हल छ । आफ्नी छोरीलाई पनि घरमा खेल्ने विशेष व्यवस्था गरिएको छ । उनको अपार्टमेन्टको बालकनीबाट समुद्रको सुन्दर दृश्य देखिन्छ ।

यससँगै रोहितको मास्टर बेडरूम पनि पाँच तारे होटलभन्दा कम छैन । यो लगभग ५९० वर्ग फिट मा निर्माण गरिएको छ । शयनकक्षबाटै शहरको दृश्य पनि हेर्न सकिन्छ । एक हिसाबले रोहित शर्मा राजाको जीवन जिइरहेका छन् । घरमा पार्टीहरूका लागि छुट्टै ठाउँ पनि छ ।