९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप क्रिकेटको उपाधि सन् २०१४ वल्र्ड कप लिजेन्ड्सलाई

तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप क्रिकेटको उपाधि सन् २०१४ वल्र्ड कप लिजेन्ड्सलाई
अ अ+ अ-

काठमाडौँ । सन् २०१४ वल्र्ड कप लिजेन्डले तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप क्रिकेटको उपाधि जितेको छ ।

तिलोत्तमा नगरपालिकामा नीजि क्षेत्रको पहलमा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन अवसरमा सोमबार एकदिने उक्त प्रतियोगिता भएको हो । चार टोलीले प्रतिष्पर्धा गरेको प्रतियोगिताको फाइनलमा सन् २०१४ वल्र्ड लिजेन्डले रेस्ट अफ नेपाललाई १७ रनले हराउँदै उपाधि जित्यो । सन् २०१४ वल्र्ड कप लिजेन्डको कप्तानी पारस खड्का र रेस्ट अफ नेपालको कप्तानी विनोद दासले गरेका थिए । दुवै नेपाली क्रिकेट टोलीका आ–आफ्ना समयका कप्तान हुन् । एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन अवसरमा सोमवार पूर्वकप्तानद्वय फाइनलमा एकअर्काको प्रतिद्वन्द्वी पाएका हुन् ।

१० ओभरको खेलमा सन् २०१४ वल्र्ड कप लिजेन्डले १०२ रनको विशाल लक्ष्य दियो । जवाफी ब्याटिङ गरेको रेस्ट अफ नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ८४ रन मात्र बनाउन सक्यो । रेस्ट अफ नेपालका लाक्पा लामाले २० रन जोड्दा उनिल श्रेष्ठले १८ रन र सीता रानामगरले १२ रनको योगदान दिए । अन्य ब्याटर सस्तै आउट भएपछि रेस्ट अफ नेपालले लक्ष्य भेटाउन सकेन । सन् २०१४ वल्र्ड कप लिजेन्डको बलिङमा सामसङ जंग थापाले दुई ओभरमा चार विकेट लिए । शक्ति गौचन र बद्री पंगेनीको नाममा समान दुई विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सन् २०१४ वल्र्ड कप लिजेन्ड्सले निर्धारित ओभरमा सात विकेट गुमाएर १०१ रनको योगफल बनायो । २०१४ वल्र्ड कप लिजेन्डका कप्तान पारस खड्काले १२ बलमा ३९ रन जोडे । ओपनर वीरेन्द्र शाहले २९ रन र प्रफुल्ल वैद्यले १३ रनको योगदान दिए । रेस्ट नेपालका लाक्पा लामाले चार विकेट लिँदै अलराउन्ड प्रदर्शन गरे पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन् । राजकुमार प्रधान र दीपेन्द्र चौधरीको नाममा समान एक विकेट रह्यो ।

त्यस अघिका खेलमा रेस्ट अफ नेपालले रुपन्देही लिजेन्ड्सलाई १६ रन र सन् २०१४ वल्र्ड कप लिजेन्ड्सले १९९६ लिजेन्ड्सलाई पाँच विकेटले हराउँदै उपाधि भिडन्त तय गरेका हुन् । त्यसअघि प्रतियोगिताको लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन गर्नुभएको थियो । उक्त रंगशाला गुल्मीका विनोद कुँवरको नीजि लगानीमा बनेको हो ।

प्रदेश प्रमुख शेरचनले ब्याटिङ र कुँवरले बलिङ गरी सो मैदानको शुभारम्भ गर्नु भएको थियो । गत ३० जेठमा रंगशाला निर्माणको शिलान्यास भएको थियो । आठ महिनापछि रंगशालाको मैदानको निर्माण कार्य सम्पन्न भएको हो । तिलोत्तमा नगरपालिका वडा १७ मा ४० करोड रुपैयाँभन्दा बढी लगानीमा एक्स्ट्राटेक ओभल रंगशालाको निर्माण गरिएको हो ।