१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतमा एमिकस क्युरीका तर्फबाट राय दिनेक्रम सुरु



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आजबाट इजलासको सहयोगी अर्थात एमिकस क्युरीका तर्फबाट राय दिने छ ।   रिटका पक्ष र विपक्षीमा रहेका कानून व्यवसायीले आफनो बहस सकेपछि एमिकस क्युरीका तर्फबाट राय दिने क्रम सुरु भएको हो ।

एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताहरु बद्रीवहादुर कार्की, विजयकान्त मैनाली ,सतीशकृष्ण खरेल पूर्णमान शाक्य र गीता संग्रौला रहनु भएको छ ।  

उहाँहरुले मुद्धामा पक्ष वा विपक्षीमा भन्दा पनि संवैधानिक ईजलासले केही कानुनी परामर्स आवश्यक परेमा सहयोग गर्नुहुने छ । प्रतिनिधिशभा विघटन सम्बन्धि रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा ,न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ,अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजवहादुर केसी रहको  संवैधानिक इजलासमा  सुनुवाई भै रहेको छ ।