५ भाद्र २०८३, शुक्रबार
,
Latest
‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

२ टेस्ट म्याचको सिरिजमा न्युजिल्यान्डविरुद्ध अष्ट्रेलियाको क्लिन स्वीप



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाले क्राइस्टचर्च टेस्टमा न्युजिल्यान्डलाई ३ विकेटले पराजित गर्दै दुई टेस्टको सिरिजमा २–० को क्लिन स्वीप गरेको छ ।

ह्याग्ले ओभल मैदानमा चौथो दिनको खेलमा अष्ट्रेलियालाई जितका लागि २०२ रन आवश्यक थियो । अष्ट्रेलियासँग ६ विकेट बाँकी थियो । अष्ट्रेलियाले एलेक्स केरीको अविजित ९८ रनको बलमा ३ विकेट बाँकी रहँदै लक्ष्य पुरा गर्यो ।

तेस्रो दिनको खेल समाप्त हुँदा अष्ट्रेलियाले दोस्रो इनिङ्समा ४ विकेट गुमाएर ७७ रन बनाएको थियो । यसअघि न्युजिल्यान्डले दोस्रो इनिङ्समा ३७२ रन बनाएर अस्ट्रेलियालाई २७९ रनको लक्ष्य दिएको थियो । पहिलो इनिङ्समा न्युजिल्यान्डले १६२ रन बनाएको थियो भने अस्ट्रेलियाले २५६ रन बनाएको थियो ।

चौथो दिन ७७ रनले अगाडि खेल्दा अस्ट्रेलियाले ८० रनको स्कोरमा पाँचौं विकेट गुमाएको थियो । ट्राभिस हेडले ४३ बलको सामना गर्दै १८ रन बनाए । हेडले मिचेल मार्ससँग पाँचौं विकेटका लागि ६६ बलमा ४६ रनको साझेदारी गर्दै अस्ट्रेलियाको इनिङ्सलाई समात्न मद्दत गरे ।

त्यसपछि मिचेल मार्स र एलेक्स क्यारीबीच १७४ बलमा १४० रनको साझेदारी भयो । मार्सले १०२ बलमा ८० रन बनाए । मार्स २२० रनको टिमको स्कोरमा आउट भए । यो स्कोरसँगै मिचेल स्टार्क पनि खाता नखोल्दै आउट भए र अष्ट्रेलियालाई सातौं झट्का लाग्यो ।

त्यसपछि क्यारीले प्याट कमिन्ससँग आठौं विकेटका लागि ६४ बलमा ६१ रनको अविजित साझेदारी गर्दै टोलीलाई जित दिलाए । एलेक्स क्यारीले १२३ बलमा अविजित ९८ रन र प्याट कमिन्सले ४४ बलमा अविजित ३२ रन बनाए ।

२७९ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाको सुरुवात खराब रह्यो । खेलको तेस्रो दिन १५ रनको स्कोरमा टोलीले ओपनर स्टिभ स्मिथको विकेट गुमाएको थियो । स्मिथ ९ रन बनाएर आउट भए । उनीपछि उस्मान ख्वाजा ११ रन, मार्नस लाबुसचेन ६ र क्यामरुन ग्रीन ५ रन बनाएर आउट भए ।

३४ रनको स्कोरमा अष्ट्रेलियाले ४ विकेट गुमाएको थियो । यहाँबाट ट्राभिस हेड र मिचेल मार्शले अष्ट्रेलियाको नेतृत्व लिए । हेड १७ रन र मार्स २७ रन बनाएर नटआउट फर्किए ।