२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानका बलरले पोलार्डको ब्याट भाँचिदिए



अ+ अ-

एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल)को २६ औं खेल लाहोर कलन्दर्स र कराँची किंग्सबीच भएको छ । यस खेलमा कराँची किंग्सले लाहोर कलन्दर्सलाई ३ विकेटले पराजित गरेको थियो ।

उक्त खेलमा कराँची किंग्सका स्टार अलराउन्डर किरोन पोलार्डको ब्याट भाँचिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । इनिङ्सको १३ औं ओभरमा पाकिस्तानी बलर तय्यब अब्बासले अफ स्टम्पबाहिर यस्तो बल प्रहार गरे, जसका कारण पोलार्डको ब्याट दुई टुक्रा भयो ।

भाइरल भिडियोमा देख्न सकिन्छ कि लाहोर कलन्दर्सका बलर तैयब अब्बासले एक बललाई यति गतिमा फाले कि किरोन पोलार्डको ब्याट भाँचियो । पोलार्डले यो बलमा आफ्नो सम्पूर्ण शक्ति लगाएर शट खेलिरहेका थिए तर शट खेलेपछि उनको ब्याट टुट्यो । तैयबले गरेको बल १३७.५ किलोमिटर प्रतिघण्टाको गतिमा थियो, जसलाई देखेर पोलार्ड पनि छक्क परे ।

ब्याटविना पोलार्ड एक रनका लागि दौडिए । त्यसपछि अर्को ब्याट मगाइयो तर अर्को बलमा उनी तय्यबको शिकार बने । पोलार्ड मात्र ३ रन बनाएर सस्तोमा पेभिलियन फर्किए ।