५ भाद्र २०८३, शुक्रबार
,
Latest
‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानका बलरले पोलार्डको ब्याट भाँचिदिए



अ+ अ-

एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल)को २६ औं खेल लाहोर कलन्दर्स र कराँची किंग्सबीच भएको छ । यस खेलमा कराँची किंग्सले लाहोर कलन्दर्सलाई ३ विकेटले पराजित गरेको थियो ।

उक्त खेलमा कराँची किंग्सका स्टार अलराउन्डर किरोन पोलार्डको ब्याट भाँचिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । इनिङ्सको १३ औं ओभरमा पाकिस्तानी बलर तय्यब अब्बासले अफ स्टम्पबाहिर यस्तो बल प्रहार गरे, जसका कारण पोलार्डको ब्याट दुई टुक्रा भयो ।

भाइरल भिडियोमा देख्न सकिन्छ कि लाहोर कलन्दर्सका बलर तैयब अब्बासले एक बललाई यति गतिमा फाले कि किरोन पोलार्डको ब्याट भाँचियो । पोलार्डले यो बलमा आफ्नो सम्पूर्ण शक्ति लगाएर शट खेलिरहेका थिए तर शट खेलेपछि उनको ब्याट टुट्यो । तैयबले गरेको बल १३७.५ किलोमिटर प्रतिघण्टाको गतिमा थियो, जसलाई देखेर पोलार्ड पनि छक्क परे ।

ब्याटविना पोलार्ड एक रनका लागि दौडिए । त्यसपछि अर्को ब्याट मगाइयो तर अर्को बलमा उनी तय्यबको शिकार बने । पोलार्ड मात्र ३ रन बनाएर सस्तोमा पेभिलियन फर्किए ।