२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेसन रोयले आईपीएलबाट नाम फिर्ता लिए



अ+ अ-

एजेन्सी । कोलकाता नाइट राइडर्स (केकेआर)ले इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी सिजनका लागि जेसन रोयको स्थानमा फिल साल्टलाई ल्याएको छ ।

रोयले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएका छन् । गत वर्ष दिल्ली क्यापिटल्स (डीसी)बाट खेलेका २७ वर्षीय साल्ट यस पटकको मिनी लिलामीमा बिक्रीमा परेका थिएनन् । फ्रेन्चाइजीले उनलाई १.५ करोड भारुमा समावेश गरेको छ ।

यी विकेटकिपर ब्याट्सम्यानले गत वर्ष वेस्ट इन्डिजविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा लगातार दुई शतक बनाएका थिए । त्रिनिडाडमा ४८ बलमा शतक प्रहार गर्दै उनले इंग्ल्याण्डका लागि सबैभन्दा छिटो शतक बनाउने विश्व कीर्तिमानको बराबरी गरेका थिए ।

केकेआर टोलीले मार्च २३ मा सनराइजर्स हैदरावादविरुद्ध आफ्नो घरेलु मैदानमा खेल्दै आईपीएल सुरु गर्नेछ । पहिलो चरणमा उसले तीन टोलीसँग खेल्नेछ । टोलीको दोस्रो खेल मार्च २९ मा रोयल च्यालेन्जर्स बैंग्लोरसँग र अप्रिल ३ मा विशाखापट्टनममा दिल्ली क्यापिटल्ससँग हुनेछ ।