२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटी बैठक आज



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय च:मतीमा दिउँसो १२ बजे बस्न लागेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को निर्वाचनको तयारीका लागि बैठक बोलाएको हो । बैठकमा उपनिर्वाचनका लागि दल दर्ताको प्रक्रिया र निर्वाचनका रणनीतिसम्बन्धी छलफल हुने छ ।

आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ । त्यस्तै, प्रदेश सभातर्फ बझाङ—१ मा पनि उपनिर्वाचन हुँदैछ । यसअघिको निर्वाचनमा रास्वपाले प्रदेश सभातर्फ भाग लिएको थिएन् ।

इलाम क्षेत्र नम्बर २ को चुनावका लागि भने रास्वपाले पार्टी कमिटी परिचालन गरिसकेको छ । यसअघि बसेको सचिवालय बैठकले चुनावी कमान्डरका रूपमासहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई पठाउने निर्णय गरेको थियो ।

यही फागुन १९ गते रास्वपाले इलाम क्षेत्र नम्बर २ का ६ वटै पालिकामा ६ जना सांसद पठाएर जनभावना बुझ्ने काम सकिसकेको छ । त्यही अनुसार उम्मेदवार छान्न तयारी उसको छ ।

नेकपा एमालेका सांसद सुवास नेम्वाङको गत भदौ २६ गते हृदयघातका कारण निधन भएपछि इलाम क्षेत्र नम्बर २ रिक्त भएको हो । चैत २४ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन आयोगले चुनावी तालिका पनि सार्वजनिक गरिसकेको छ ।