१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निगमद्वारा पेट्राेलियम पदार्थहरुकाे फेरि मूल्यबृद्धि



अ+ अ-

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बाहेक सबै किसिमका पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमका अनुसार मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल,  आन्तरिक हवाई इन्धन र मट्टितेलको मूल्य प्रति लिटर दुई रुपैयाँ वृद्धि गरिएको छ ।

बढेको मूल्यपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर रु. ११४, डिजेल तथा मट्टितेलको रु. ९७ र आरिक हवाई इन्धन रु. ६७ कायम भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि मूल्य समायोजन गर्नु परेको निगमको भनाई छ ।

यसअघि निगमले गत माघ २८ गते बुधबार पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासमा मूल्यवृद्धि गरेको थियो ।  निगमले इन्डियन आयल कर्पोरेसनको १ फेब्रुअरीको मूल्यको आधारमा माघ २८ गते र १६ फेब्रुअरीको मूल्यको आधारमा मंगलबार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको बताएको छ ।