२५ जेष्ठ २०८३, सोमबार
,
Latest
५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले एसईई विद्यार्थीलाई स्थानान्तरणको सुविधा दिने



फाईल फोटो
अ+ अ-

काठमाडौं । सरकारले माध्यमिक  शिक्षा  परीक्षा (एसईई)का विद्यार्थीलाई स्थानान्तरणको सुविधा दिने भएको छ । कोरोना भाइरसबाट प्रभावित  भई  विद्यार्थी  अध्ययनका क्रममा  अन्य  जिल्लामा  पुगेको  हुन सक्ने भन्दै सरकारले एक पटकका लागि स्थानान्तरणको सुविधा उपलब्ध गराउने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले शिक्षा नियमावलीमा  आवश्यक  संशोधन गरी  स्थानान्तरणको  सुविधा  दिने प्रावधान समावेश गरिएको जानकारी दिए । 

सरकारको  यो  निर्णयसँगै  अब विद्यालय  परिवर्तन  गरी  अध्ययन गरेका कक्षा १० का विद्यार्थीले सोही विद्यालयबाट परीक्षा दिन पाउने छन् । विगतमा  विद्यार्थी  स्थानान्तरण  गरी परीक्षा  दिने  र  त्यसकै  माध्यमबाट परीक्षा उत्तीर्ण गराउने गतिविधि बढेपछि सरकारले  कक्षा  १०  मा  अध्ययन गर्ने विद्यार्थीलाई स्थानान्तरणमा रोक लगाएको थियो । नियमावली  संशोधन  गरी राजपत्रमा  छपाइका  लागिसमेत पठाइसकिएको जनाइएको छ । 

सरकारको  यो  निर्णयसँगै  एसईईमा विद्यार्थीले परीक्षा छाड्ने दर कम हुने अनुमान  गरिएको  छ ।  विद्यार्थीलाई परीक्षामा सहभागी हुन सहज होस्  भनेर  नै  यस  खालको  प्रबन्ध गरिएको हो । सरकारले  शिक्षा  नियमावलीमा नै  संशोधन  गरी  कोरोना  भाइरस जस्ता सङ्क्रमण भएको अवस्थामा भने विद्यार्थीलाई स्थानान्तरणको सुविधा  दिने  सक्ने  निर्णय  गरिएको शिक्षा  प्रवक्ता  शर्माले  बताए । 

उनले भने, “स्थानान्तरण एक पटकका लागि मात्रै हो तर आगामी वर्ष  पनि  कोरोना  जस्तै  सङ्क्रमण भएको अवस्थामा भने यस खालको प्रबन्ध गर्न सक्ने बाटोसमेत नियमावलीले खोलिदिएको छ ।” गोरखापत्र दैनिकमा समाचार छ ।




भर्खरै