७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना बीमा दाबी भुक्तानीका लागि पुनर्बीमा कम्पनीले दियो एक अर्ब रुपियाँ



अ+ अ-

काठमाडौं । कोरोना बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब रुपियाँ दिएको छ । यसअघि ३० करोड रुपियाँ दिइसकेको कम्पनीले ७० करोड रुपियाँ पनि दिएपछि आफ्नो भागको रकम पूरा गरेको हो ।

पुनर्बीमा कम्पनीले पुलमा एक अर्ब रुपियाँ दिने भनिएको थियो । कोरोना बीमाका लागि बनाइएको पुलमा पुनर्बीमा कम्पनीले आफ्नो भागको रकम दिएको बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए । पुलमा हाल्नुपर्ने रकम पनि हाल्ने तयारी थालेको बीमा समितिले पनि एक अर्ब रुपियाँ पुलमा हाल्न लागेको छ । कोरोना बीमा पोलिसी ल्याउँदा बीमा शुल्कबाट प्राप्त भएको रकमबाट पहिला दाबी भुक्तानी गर्ने भनिएको छ । समितिका अनुसार अहिलेसम्म बीमा शुल्कबाट करिब एक अर्ब रुपियाँ उठेको छ ।

 निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूले आफ्नो महाविपत्ति कोषमा रहेको रकमबाट दाबी भुक्तानी गर्ने भनिएको य‚तो रकम पनि करिब एक अर्ब रुपियाँ हुने भनिएको छ । एक अर्ब रुपियाँको दाबी भुक्तानीका लागि पुनर्बीमा कम्पनी र त्यसपछिको एक अर्ब रुपियाँको दाबी भुक्तानीका लागि बीमा समितिले रकम प्रदान गरेपछि त्योभन्दा माथिको दाबी भुक्तानी परेमा नेपाल सरकारले दायित्व बहन गर्ने बताइएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।