२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सस्तोमा २० लाख डोज खोप खरिद गर्न लागेको स्वास्थ्यमन्त्रीको दाबी



अ+ अ-

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप सहुलियत दरमा २० लाख डोज खरिद गर्ने भएको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले भारतीय कम्पनी सेरम इन्स्टिच्युटबाट खोप खरिद गर्न बाधा अड्काउ फुकाऊ आदेश जारी गर्ने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सार्वजनिक खरिद ऐनको प्रावधानले खोप खरिदका क्रममा बाधा अड्काउ देखिएपछि त्यो फुकाउने कार्य मन्त्रिपरिषद्ले गरेको जानकारी दिए। मन्त्री त्रिपाठीका अनुसार अग्रिम भुक्तानी दिन सक्ने गरी बाधा अड्काउ फुकाऊको निर्णय गरिएको हो।

‘प्रतिडोज चार डलरका दरमा २० लाख  डोज ९मात्रा० खोप खरिद गरेर ल्याउने प्रक्रिया अघि बढेको छ’, मन्त्री त्रिपाठीले अन्नपूर्ण पोस्ट्सँग भने, ‘यो सहुलियत दर हो। यो दरमा संसारमा कहीं पनि खरिद गर्न पाइँदैन। भारत सरकारले पनि सेरम इन्स्टिच्युट अफ इन्डिया प्राइभेट लिमिटेडलाई पहल गरेपछि सस्तो दरमा खोप उपलब्ध भएको हो।

यही सहुलियत दरमा अलि धेरै परिमाण खोप खरिद गर्न चाहे पनि अहिले यति मात्र खरिद गर्ने सहमति भएको मन्त्री त्रिपाठीले सुनाए। उनका अनुसार कम्पनीले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म खोप ल्याइदिने सहमति भएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।