४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस र माओवादीबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार को ?



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष चयनको मिति नजिकिँदै गर्दा पनि दलहरुले उम्मेदवार टुंगो लगाउन सकेका छैनन् । अहिलेसम्म नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवारी दिने निर्णय गरेका छन् । उम्मेदवारी दर्ता भोलि गर्नुपर्छ । निर्वाचन पर्सी मंगलबार हुने छ ।

राष्ट्रियसभा अध्यक्ष चयनका लागि आज कांग्रेस र माओवादी केन्द्रका बैठक बस्दैछन् । दुवै दलले सम्भवत: आजै उम्मेदवारी टुंगो लगाउने छन् ।

नेकपा माओवादी केन्द्र राष्ट्रियसभाको ठूलो दल हो । ५९ सदस्यीय राष्ट्रियसभामा अहिले माओवादी केन्द्रको १७ सिट छ । माओवादीले सत्ता गठबन्धनबाट आफ्नो उम्मेदवारी दिने छ । यसो हुँदा माओवादीले जो उम्मेदवार उठायो उनी राष्ट्रियसभाको अध्यक्ष बन्ने छन् । त्यही कारण माओवादीभित्र राष्ट्रिय सभाको अध्यक्ष बन्न हानाथाप छ । अहिले राष्ट्रियसभाको उपाध्यक्ष रहेकी उर्मिला अर्याल, सदस्यहरु नारायण दाहाल र झक्कु सुवेदी अध्यक्षको आकांक्षी छन् ।

यसैगरी नेपाली कांग्रेसले पनि आजसम्म राष्ट्रिय सभाका अध्यक्षको उम्मेदवार तय गर्ने भएको छ । यसअघि कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउन चाहेको थियो । तर सत्ता गठबन्धनबाट कांग्रेस बाहिरिएपछि सिटौलाले आफू उम्मेदवार बन्न अनिच्छा देखाएका छन् । कांग्रेस राष्ट्रिय सभाका दोस्रो दल हो । १६ सदस्य रहेको कांग्रेसले आफ्ना उम्मेदवारको पक्षमा अन्य दलहरुसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

सिटौलाले राष्ट्रिय सभाको अध्यक्षमा अनिच्छा देखाएपछि अर्का उम्मेदवारको खोजी भइरहेको छ । नेताहरुले आनन्दप्रसाद ढुंगानालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेका छन् । सम्भवत: आजै बस्ने कांग्रेसको बैठकले उम्मेदवार टुंगो लगाउने छ ।