६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको अवस्थामा परिवर्तन भएन भन्नेकुरा सही होइनः ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अवस्थामा परिवर्तन भएन भन्नेकुरा सही नभएको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले अवस्था परिवर्तन नभएको भन्दै व्यवस्थाको विकल्प खोजिरहेका बेला उहाँले सो कुरामा कुनै सत्यता नरहेको प्रतिक्रिया दिनुभएको हो । मोतीदेवी स्मृति केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरु रहेको उल्लेख गर्दै विगतमा त्यस्तो थियो ? भनि प्रश्न समेत गर्नुभयो ।

उहाँले ३३ प्रतिशत महिलाहरु संसद र सरकारी निकायमा प्रतिनिधित्व संविधानमै सुनिश्चित भएको दृष्टान्त पेश गर्दै अहिले विगतमा भन्दा तुलना नै गर्न नसक्ने गरी जनताको अवस्था राम्रो भएको तर्क गर्नुभयो । ओलीले जनताको अवस्थालाई पूर्ण रुपमा राम्रो बनाउने गरी काम गर्नुपर्ने जिम्मेवारी पनि आफूहरुको काँधमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एउटा अलि चर्चा चल्ने गरेको छ कि व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने कुरा होइन । त्यस्तो हल्ला चल्ने गरेको छ । तर, अवस्थामा परिवर्तन आएको छ । अलि वर्ष अघिसम्म के थियो अवस्था ? अगाडि बढेको बहिनीहरु उहाँहरु मन्त्री भईसक्नु भएको छ । माननीय भइसक्नु भएको छ । नेता भइसक्नुभएको छ । पहिले पनि त्यस्तै थियो र समय ? व्यवस्था परिवर्तन भयो, अरुथोक केही भएन ? आज ४० प्रतिशत महिलाहरु सम्पूर्ण जनप्रतिनिधिमा ४० प्रतिशत महिलाहरु जनप्रतिनिधि छन् विभिन्न ठाउँहरुमा । यसमा अनेमसंघको अग्रणी भुमिका छ । महिला दिदीबहिनीहरुको भुमिका छ । ३३ प्रतिशत सरकारी क्षेत्रमा व्यापक कार्यान्वयन गरिएको छ ।

संसदमा कार्यान्वयन गरिएको छ । अरु ठाउँहरुमा, जागिरहरुमा आरक्षण गरिएको छ । यसमा कतिपय कुराहरु झन्डै झन्डै ३३ प्रतिशत महिलाहरु भनेपछि ठयाक्कै त्यसैमा रोकिदिने खालको बनेको छ । अहिलेनै पनि हामीले संसदमा ३० प्रतिशत भनेपछि ३० प्रतिशत भनेपछि अर्कोको कतिकति प्रतिशत भनेर जानुपर्ने र त्यसबाट भयो भने त ठिकै छ । तर त्यहाँ महिलाको छुट्टै छ । समानुपातिकमा पनि आरक्षण गर्दा यसमा महिला, पुरुष भनेर तोकितोकि गरिएको छ । जसले गर्दा कम्तिमा यति महिला भन्दा हुन्थ्यो, ठयाक्कै त्यति भन्दा त्यो भन्दा बढि बढाउने ठाउँ हुँदैन । त्यस्तो खालको बनेको छ । यो हामीले गरेको कुरा होइन, यसलाई सच्याउनु पर्छ । न्युनतम ३३ प्रतिशत ।

अव सामान्यतया सशक्तिकरणको बाटोबाट यसलाई बढाउँदै लगेर बराबरी पुर्याउने बाटोमा जानुपर्छ । अवस्था परिवर्तन भएको छ । अवस्था फेरिएको छ । अवस्था पहिले भन्दा तुलना नै गर्न नसक्ने गरी राम्रो भएको छ । यसलाई अझ पूर्ण रुपमा राम्रो अवस्थामा पु¥याउने हाम्रो अगाडि जिम्मेवारी छ । र म हाम्रो पार्टीको तर्फबाट पनि भन्न चाहन्छु कि हाम्रो पार्टी यस आन्दोलनमा अग्रणी स्थानमा रहेको छ । संविधान निर्माणमा, कानुन निर्माणमा, अग्रणी स्थानमा रहेको छ । महिला सशक्तिकरणका लागि, जागरणका लागि, महिलाको हिस्सेदारीका लागि, महिला आरक्षणका लागि, सबै कुरामा हाम्रो पार्टी अग्रभागमा रहेको छ । त्यसअर्थ म फेरि पनि भन्न चाहन्छु–यो सामाजिक न्याय र समानताको आन्दोलनमा मेरो पार्टी नेकपा एमाले यो सदैव अग्रस्थानमा नै रहनेछ । ’

अध्यक्ष ओलीले महिलाहरुलाई सशक्तिकरणको बाटोबाट पुरुष सरह अधिकार दिलाउने कुरामा आफ्नो पार्टी लागिपर्ने समेत बताउनु भयो ।