२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्र आदर्शबिहिन सत्तालोलुप व्यवस्था प्रमाणित: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र आदर्शबिहिन सत्तालोलुप ब्यबस्था प्रमाणित भएको बताएका छन् ।

पार्टी पदाधिकारी र क्षेत्रीय समन्वय समितिका अध्यक्षहरुसङ्गको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले १४ महिनामा ४ वटा गठवन्धन,१३ पटक मन्त्रिपरिषद पुनर्गठन, ४३ जना मन्त्री यसको प्रमाण भएको समेत बताए । “के यस्तै लोकतन्त्रको लागि हो राजा हटाएको हो? भन्ने प्रश्न गर्दै थापाले यस किसिमको अस्थिरता र ब्रम्हलुटले देशको आर्थिक बिकास नहुने र वैदेशिक लगानी पनि नभित्रने दाबी गरे ।

नेताहरुको यस्तै प्रवृत्तिको कारण राज्यप्रति जनताको भरोसा टुटेको टिप्पणी गर्दै उनले संधैको लागि देश छोडेर जाने लहर बढेको प्रती राज्य उदाशिन भएको समेत आरोप लगाए । राप्रपा नेपालले संगठन निर्माण र आन्दोलनलाई सङ्गै लैजानु पर्ने आबश्यकता रहेको भन्दै थापाले अहिलेको संघीय धर्मनिरपेक्ष गणतान्त्रिक ब्यबस्थाको अन्त्य बिना देश सुरक्षित हुन नसक्ने समेत बिचार ब्यक्त गरे ।

हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको बाटोबाट अघि बढ्नुपर्ने भन्दै थापाले आन्दोलन गर्न बिचार मिल्ने हरुबिच तत्काल मोर्चा बनाउनु पर्नेमा जोड दिए । एक्लै एक्लै हिड्ने कोसिस गरे समयले कसैलाई माफ नदिने भन्दै थापाले देश र जनताको बृहत्तर हितको लागि फराकिलो सोच र दुरदर्शिता आबश्यक रहेको समेत बताए । बैठकमा ७ क्षेत्रका क्षेत्रीय समन्वय समितिका अध्यक्षहरु, उपाध्यक्ष तथा महामन्त्रीहरुले भाबी कार्यक्रम र कार्य प्रगती बारे प्रतिबेदन प्रस्तुत गरेका थिए ।




भर्खरै