• १२ जेष्ठ २०८१, शनिबार
  •      Sat May 25 2024
  •   Unicode
Logo

एलिनाको व्यवहारप्रति साउन्ड सिस्टम व्यवसायी रुष्ट, माफी नमागेसम्म गायिकासँग काम नगर्ने



काठमाडौँ । गायिका एलिना चौहानले गरेको अमर्यादित र अभद्र व्यवहारप्रति साउन्ड सिस्टम व्यवसायीले आपत्ति जनाएका छन् ।

फागुन २० गते आइतबार पर्वतस्थित कुश्मामा आयोजित मगर महोत्सवमा गायिका चौहानले साउन्ड इन्जिनियर र टेक्निसियनमाथि अभद्र व्यवहार गरेको उनीहरूको आरोप छ ।

गायिका चौहानले आफ्नो गल्तीको महसुस गरी माफी नमागेसम्म साउन्ड सिस्टम कम्पनी सञ्चालक, साउन्ड इन्जिनियर, टेक्निसियनहरू लगायत ६ संस्थाले एलिना चौहान उपस्थित भएको कुनै पनि कार्यक्रम र ठाउँमा आगामी दिनमा साउन्ड सिस्टम उपलब्ध नगराउने घोषणासमेत गरेका छन् ।

यस्तो छ विज्ञप्तीः