७ भाद्र २०८३, आईतवार
,
Latest
चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की ‘भूमिसम्बन्धी समस्या समाधान गर्न तीनै तहको सरकार जिम्मेवार हुनुपर्छ’ आठ हजार मिटरभन्दा अग्ला थप छ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने तयारी सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर कम्युनिस्ट आन्दोलनमा केन्द्रित हुन दाहालको आग्रह जेन–जी शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ माग पूरा नभए फेरि सडक संघर्षमा उत्रिने जेन–जी घाइते र शहीद परिवारको चेतावनी सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय संकटमा मुलुकः संयोजक दाहाल बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छः प्रदीप ज्ञवाली प्रचण्डको स्वीकारोक्ति : रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु गम्भीर भुल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबर हायातको शतकमा हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । मैत्रीपूर्ण टी–२० क्रिकेट खेलमा हङकङले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ । मिसन रोड ग्राउन्डमा टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१२ रन जोड्यो ।

हङकङका लागि बाबर हायातले शतक बनाए । ४९ बलमात्र खेलेका उनले १३ छक्का र ३ चौकाको मद्दतमा ११० रन जोडे । यस्तै अन्सि रथले ३९, मार्टिन कोएत्जेले ३१ रन जोड्दा अइजज खान २१ रनमा अविजित रहे ।

बलिङतर्फ आकाश चन्दले ३ तथा रशिद खान, प्रतिश जिसि र आरिफ शेखले १-१ विकेट लिए । आकाशको यो डेब्यु खेलसमेत हो ।

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली त्रिकोणात्मक शृङ्खला खेल्नका लागि बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।