९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

‘ड्युटी’सँगै शिशु स्याहार्दै महिला प्रहरी

‘ड्युटी’सँगै शिशु स्याहार्दै महिला प्रहरी
अ अ+ अ-

जानकी । सशस्त्र प्रहरी महिला कर्मचारी सुकुमा खड्काको नौ महिनाकी छोरी छ । दुई महिनाको सुत्केरी बिदापछि उहाँ जागिरमा फर्कनुभयो । दैलेखको भगवतीमाई गाउँपालिका–३ निहेल्टोलीकी २३ वर्षीया सुकुमाले जागिर खाएको पाँच वर्ष भयो । उहाँका लागि जागिरसँगै शिशु हुर्काउनु सामान्य कुरा होइन् । अहिले उहाँ ‘ड्युटी’ जाँदा पनि निर्धक्क भएर जानुहुन्छ ।

गणभित्रै शिशु हेरचाह गर्ने स्याहार गृह स्थापना भएपछि काम गर्न सुकुमालाई थप हौसला आएको छ । “एउटा आमालाई चिन्ता भनेकै सन्तानको लाग्छ, एक छिन आफ्नो शिशु नहेर्दा मन बेचेन हुन्छ, सुरु–सुरुमा ड्युटीमा जाँदा नानीको खुबै चिन्ता लाग्थ्यो, अहिले ढुक्क छु”, उहाँले भन्नुभयो, “अहिले गणभित्रै ड्युटी गर्नुपर्ने भएकाले नानीलाई हेर्दै काम गर्न पनि सहज भएको छ, छिनछिनमै नानीलाई खेलाउन आउँछु, आफ्नोसँगै अरूका शिशुहरु पालैपालो हेर्ने काम गर्छौं ।”

उहाँ आफूमात्र होइन अहिले अरू महिलाका शिशुको स्याहार गर्ने काम गर्नुहुन्छ । “आफ्नोसँगै अरूका शिशु पनि हेर्ने काम गर्छौं, पालैपालो ड्युटीमा खटिएका छौँ, पहिला धेरै आमाले ड्युटी गर्दै शिशु हेर्नु पथ्र्यो, आमाहरु ड्युटीमा खटिँदा शिशु माटोमा खेल्थे, रोग लाग्छ कि भन्ने पीरले सताउँथ्यो”, उहाँले भन्नुभयो, “गणभित्रै शिुशु स्याहार गृह बनेपछि धेरै आमालाई सहज भएको छ, हामी आफ्ना मात्र होइन आफ्ना बच्चासँगै अरूका बच्चालाई खेलाउने काम गर्छौं ।”

बाँकेको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हेडक्वार्टर वागिश्वरीमा रहेको शिशु स्याहार गृह स्थापना भएसँगै अहिले धेरै आमालाई ड्युटी गर्दै आफूसँग आफ्ना शिशु हुर्काउन सहज भएको छ । दैलेखको भगवतीमाई–६ बेस्तडा गाउँकी २३ वर्षीया सरिता खड्काले जागिर खाएको पाँच वर्ष भयो । उहाँको १० महिनाको छोरा छ । उहाँलाई ड्युटी जाँदा पनि बच्चाको चिन्ता लाग्दैन । उहाँ अहिले ढुक्कसँग ड्युटीमा काम गर्नुहुन्छ ।

“बच्चा हुर्काउँदै काम गर्न पाउनु धेरै ठूलो कुरा हो, यो त महिलाका लागि वरदानै हो, कति मान्छेले बच्चाका लागि समय नहुँदा जागिर छाड्नुपर्छ, कति अवसर गुमाउनुपर्छ”, उहाँले भन्नुभयो, “ड्युटी गर्दै बच्चा हेर्नु निकै समस्या हुन्छ, बच्चा हुर्काउनु सानो कुरा होइन्, भनेको बेला खुवाउनुपर्यो, सुताउनु पर्यो, अहिले त्यो झन्झट अब छैन ।”

ड्युटीमा खटिएका आमाका शिशुलाई हेरचाह गर्ने प्रमुख जिम्मेवारी २४ वर्षीया रेश्मा खड्काको हो । उहाँका अनुसार बच्चा भएकै कारणले कुनै महिलालाई काम गर्न अप्ठ्यारो नहोस् भन्ने यो शिशु स्याहार गृहको उद्देश्य हो । रेश्मासँगै शिशुका आमा पालैपालो शिशु स्याहार गृहमा आएर उहाँलाई सघाउनुहुन्छ ।

पेसाले सशस्त्र प्रहरी महिला कर्मचारी उहाँको ड्युटी भनेकै शिशुलाई रेखदेख गर्ने हो । कोठाभरि राखिएका खेलौना र भित्ताभरि कोरिएका नम्बरबाट उहाँ बच्चा भुलाउनुहुन्छ । उहाँले जागिरे जीवन सुरु गरेको तीन वर्ष भयो । नेपालगञ्ज उपमहानगरपालिका–१४ मा पर्ने बालेगाउँमा रहेको उक्त गणमा दिनभरि उहाँ बच्चाहरुसँगै रमाउनुहुन्छ । बिहान ८ देखि साँझ ६ बजेसम्म सशस्त्र प्रहरी आमा बच्चालाई खेलाइरहनुहुन्छ ।

शिशु स्याहार केन्द्रमा ३२ शिशु छन् । एक वर्षमुनिका १५ र एक वर्षमाथिका नौ छन् । कक्षा १२ पास गरेर मन्टेश्वरी तालिम लिएको हुनाले उहाँले शिशु स्याहार्ने जिम्मा पाउनुभएको हो । शिशु स्याहार केन्द्रमा ‘¥याम’ सिकाउने, चित्र चिनाउने कौशल, शिशुलाई भुलाउने सीप उहाँले गर्नुभएको छ । शिशुहरुको पहिलो जिम्मेवारी रेश्माकै काँधमा भए पनि एकै उमेरका शिशु धेरै भएकाले उहाँलाई अरू तीन सहकर्मीले सघाउनुहुन्छ ।

ड्युटीमा खटिँदा आमा कर्मचारीलाई निकै समस्या हुन्छ । त्यही समस्यालाई दृष्टिगत गरेर गणभित्रै आफ्नो शिशु खेलाउँदै हेर्दै ड्युटी गर्न सहज होस् भनेर शिशु स्याहार केन्द्र सञ्चालन गरिएको सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले बताउनुभयो । आमा बनेका प्रत्येक महिला कर्मचारीलाई बच्चाको उमेर दुई वर्षको नहुँदासम्म गण बाहिर ड्युटीमा नपठाइने गरिएको छ । उक्त गणमा ४५ महिला प्रहरी कर्मचारी कार्यरत छन् ।