१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ सम्पादक रिसाललाई रासस पत्रकारिता पुरस्कार प्रदान



अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासंघ राष्ट्रिय समाचार समिति शाखाले स्थापना गरेको रासस पत्रकारिता पुरस्कार राससका वरिष्ठ सम्पादक मोहिनी मिश्र रिसाल र रासस कार्यालय वीरगन्जमा कार्यरत राससकर्मी उपसमाचारदाता वीरेन्द्रनारायण कर्णलाई प्रदान गर्ने भएको छ ।     

राससको अन्तर्राष्ट्रिय समाचार शाखाका उपप्रमुख रहनुभएकी वरिष्ठ सम्पादक रिसाल राससमा २५ वर्षदेखि कार्यरत हुनुहुन्छ । रिसाल नेपाल प्रेस युनियन राससको अध्यक्ष पनि हुनहुन्छ । उक्त पुरस्कारको राशि जनही रु १० हजार र सम्मान पत्र छ ।

नेपाल पत्रकार महासंघ रासस शाखाले शाखाको वार्षिकोत्सव फागुन ७ गते हरेक वर्ष यो पुरस्कार प्रदान गर्ने गर्दछ । यस वर्ष पनि यही फागुन ७ गते राससको हीरक वर्ष (६० औँ वार्षिकोत्सव) का अवसरमा आयोजना गरिने समारोहमा उहाँहरुलाई सो पुरस्कार प्रदान गरिने शाखाले जनाएको छ । 

यसैगरी रासस दाङ कार्यालय प्रमुख नारायणी रजौरेले आफ्ना बुबाआमा र भाइका स्मृतिमा स्थापना गरेको ‘उमाकान्त–गीतादेवी–चन्द्रमणि स्मृति पत्रकारिता पुरस्कार’ पाँचथरका जिल्ला समाचारदाता रवीन्द्र काफ्लेलाई प्रदान गर्ने निर्णय भएको छ । उक्त पुरस्कारको राशि रु सात हजार पाँच सय र प्रमाणपत्र छ ।    

    
यस्तै महासङ्घ रासस शाखाले त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर तहमा सर्वोकृष्ट अङ्क हासिल गरी राससको गरिमा बढाएकाले राससका उपप्रमुख समचारदाता शरच्चन्द्र भण्डारीलाई विशेष सम्मान गर्ने निर्णयसमेत गरेको छ ।          

यसैगरी राससका पूर्वकर्मचारी तथा अग्रज मनिन्द्रलाल श्रेष्ठलाई समेत सम्मान गर्ने निर्णय गरिएको छ । उक्त पुरस्कार र सम्मान राससको ६० औँ वार्षिकोत्सवका अवसरमा यही फागुन ७ गते प्रदान गरिनेछ ।