६ आश्विन २०८१, आईतवार
,
Latest
मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैन: गृहमन्त्री लेखक संविधान संशोधन सरकारको मात्रै विषय होइन: सभामुख घिमिरे गोरखा मिडिया नेटवर्कका संञ्चालक छविलाल जोशी पक्राउ आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड: राष्ट्रपति पौडेल श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको मतगणना हुने रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाशिवरात्रिः हेलिकप्टरबाट पुष्प वर्षा



अ+ अ-

कैलाली । धार्मिक तथा ऐतिहासिक महत्वको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा महाशिवरात्रिका अवसरमा आज हेलिकप्टरबाट पुष्प वर्षा गरिएको छ ।

बेहडाबाबा फाउन्डेसन, मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिको आयोजनामा महाशिवरात्रिका अवसरमा पुष्प वर्षा गरिएको आयोजक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिनुभयो ।

हरेक वर्ष आयोजना गरिने महाशिवरात्रि मेलामा पहिलोपटक हेलिकप्टरबाट पुष्प वर्षा गरिएको उहाँले बताउनुभयो । प्रसिद्ध धार्मिकस्थल मानिने कैलालीको बेहडाबाबालाई पर्यटकीय गन्तव्य बनाउनका लागि प्रचार–प्रसार गर्न हेलिकप्टरद्वारा पुष्प वर्षा गराइएको आयोजकले जनाएको छ ।

पुष्प वर्षा बिहान ११ देखि मध्याह्न १२ बजेका बीचमा पुष्प वर्षा गरिएको हो । त्यस्तै अपराह्न दुई करोड २५ लाख बत्ती बालिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । पुष्प वर्षा कार्यक्रमका लागि नरेन्द्र शाहको संयोजकत्वमा रहेको टोलीद्वारा केही दिनअघि रु १४ लाख नौ हजार नौ सय ५० रकम सङ्कलन गरिएको थियो । हेलिकप्टर भाडाबापत रु ११ लाख र तीन क्विन्टल फूलको रु दुई लाख गरी जम्मा रु १३ लाख खर्च भएको बताइएको छ ।

पुष्प वर्षासँगै महाशिवरात्रिमा भक्तजनका लागि भण्डारा चलाइएको थियो । भण्डारामा आउनेलाई भोजनको व्यवस्था गरिएको थियो । उक्त धाममा भक्तजनलाई जान–आउनदेखि दर्शन तथा पूजापाठ गर्न बसको व्यवस्था गरिएको थियो ।

बेहडाबाबा मन्दिरमा लागेको महाशिवरात्रि मेलाको दर्शनका लागि छिमेकी मुलुक भारतबाट दर्शनार्थी आएका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जोशीले राससलाई बताउनुभयो । यहाँ प्रत्येक वर्ष भारतका लख्खिमपुर, पलिया, पिलिभित, उत्तराखण्डका विभिन्न स्थानबाट भक्तजन आउने गरेका बताउनुभयो । रासस