१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मीलाई हराउँदै एपीएफ झापा गोल्ड कपको फाइनलमा



अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब छैटौँ झापा गोल्ड कपको फाइनलमा पुगेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी मैदानमा आज भएको पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले चार पटकको विजेता त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

आर्मी गएको संस्करणको विजेता पनि हो । एपीएफले खेलको ७० औँ मिनेटमा उपहार गोल पायो ।

दोस्रो सेमिफाइनलमा भोलि झापा–११ र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछन् । फाइनल खेल आउँदो सोमवार हुनेछ । प्रतियोगिताको विजेताले १३ लाख र उपविजेता टोलीले ७ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।