१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी

नयाँ गठबन्धन शुद्ध छैन, केही विवादित मान्छे पनि छन्: उपाध्यक्ष भुसाल

नयाँ गठबन्धन शुद्ध छैन, केही विवादित मान्छे पनि छन्: उपाध्यक्ष भुसाल
file photo
अ अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छेपनि भएकाले शुद्ध नभएको टिप्पणी गर्नुभएको छ ।

शुक्रवार अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उहाँले वर्तमान सत्तारुढ गठबन्धन शुद्ध नभएको बताउनुभएको हो । उहाँले गठबन्धनमा विवादित मान्छे पनि भएको भन्दै बहुमत पुर्‍याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको बताउनु भयो । उहाँले विवादित मान्छेमा कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिवद्धता गरेर नयाँ गठबन्धन सरकार बनाइएको बताउनु भयो ।

उहाँले सत्तारुढ गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनि राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा तरंगित गरिएको भन्दै सो गठबन्धन यहीँका दल र नेताहरुले बनाएका बताउनु भयो । उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभुति दिलाउने संकल्पसहित गठबन्धन बनाइएको उल्लेख गर्दै त्यो पूरा नभएमा यहीँ गठबन्धनमा बसिरहने कुरा नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘त्यहाँ भित्र हामीलाई असहज भयो । यसरी काम गर्नुभन्दा बरु छोड्नु पो ठिक हुन्छ कि ? काम गर्न नसक्ने अनि पदमा मात्रै बस्ने जस्तो कुरा भनेर प्रधानमन्त्री विकल्प खोज्दै हुनुहुन्थ्यो । संयोगले एउटा नयाँ सहमती बन्यो र नयाँ गठबन्धन बन्यो । बाहिर सुशासन भनेको छ । आफ्नै मन्त्रीहरु झन्डा बोकेर अख्तियार जान्छन् । हरेक ठाउँमा विभिन्न सुशासन बिरोधी गतिविधि भएको कुरा मिडियामा पनि आउँछ । तथ्य बुझ्दा हुन्छ पनि । छुन, चलाउन नसक्ने । काम गरेर अगाडी बढ्न त समग्र मन्त्रालय प्रधानमन्त्रीको मातहतमा हुन्छ । महत्वपुर्ण मन्त्रालयले यसरी जाउँ, उसोगरी जाउँ भन्दा मान्दै मान्दैन । खुट्टा अगाडी लैजान नसकेजस्तो । जनतालाई अलि बढी राहत हुनेगरी काम गरौँ । त्यही ढंगले बजेट निर्माण गरौँ । आर्थिक स्रोत जुटाउँ र कार्यक्रमहरु थप्दै जाउँ आर्थिक मन्दी भएको छ, आर्थिक गतिविधि बढाऔँ भन्दाखेरी अर्थ सम्हालेको मन्त्रीले मान्दैन । मन्त्री फेरौँ भन्दा नेताले मान्दैन । त्यसैले नयाँ गठबन्धन बन्यो ।’

‘त्यो पनि शुद्ध त छैन । अब जीवन, व्यवहारले पुष्टि गर्छ । केही मान्छे त विवादित छन् नि । तर पनि हाम्रो संख्या पुग्दैन । गठबन्धन गर्नुपर्छ । बहुमत पुर्‍याउनुपर्छ । यो बाध्यता त हुन्छ । तर त्यहाँ पनि कुनै गल्ती, कमजोरी देखिएमा नछोप्ने, छुट नदिने प्रतिवद्धता गरेर नयाँ गठबन्धनको सरकार भएको छ । यसले एउटा राजनीतिमा राष्ट्रिय रुपमा मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा पनि हलचल ल्याएको छ । यो नितान्त गठबन्धनका दलहरु बसेर गरिएको । तर यसलाई कसैले चाइना कार्डले बनायो कि, कसैले उताको बनायो कि यता बनयो कि भन्ने केही अन्तर्राष्ट्रिय तरंग पनि यसले ल्याएको छ । तर होइन । यो नितान्त यहीँका दल, नेता बसेर बनाएको गठबन्धन हो । र यो कुनै नयाँ सरकार होइन । पुर्नगठन हो । हामी के स्पष्ट हुनुपर्छ भने काम गर्ने, कामको गति अगाडी बढाउने र केही निष्कर्ष देखिने, जनताले जीवन व्यवहारमा सुशासनको अनुभुत गर्ने, जनताको जीवनमा आर्थिक परिवर्तनका अनुभुतिहरु आउनुपर्ने, शिक्षा, स्वास्थ्य, रोजगारमा केही नयाँपन आउने गरेर गर्ने संकल्पसित यो नयाँ गठबन्धन बनाइएको हो । त्यो नहुँदासम्म यहीँ बस्ने, यहीँ टिक्ने भन्ने पनि हुन्न ।’

उपाध्यक्ष भुसालले वर्तमान गठबन्धन विगतको भन्दा सजातिय भएको पनि बताउनु भयो । उहाँले गठबन्धनमा वामपन्थीहरुको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने बताउनु भयो । उहाँले दीर्घकालसम्म देशमा दुईवटा कम्युनिस्ट पार्टीहरु समानान्तर ढंगले जान नसक्ने भन्दै सहकार्यलाई पार्टी एकताको चरणसम्म पुर्‍याउनुपर्ने बताउनु भयो । उहाँले देशमा एउटा वामपन्थी धार र अर्को प्रजातान्त्रिक धार हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘यो बढी सजातिय भएको छ । राजनीतिक दल भनेको त वर्गको प्रतिनिधित्व गर्ने हो । हामी सर्वहारा, श्रमिक, श्रमजिवी जनता, निम्न पुँजीपति, राष्ट्रिय पुँजीपति वर्गको हितमा काम गर्ने पार्टी । एकथरी सामन्त, जमिनदार, दलाल पुँजीपति वर्गको नेतृत्व गर्ने पार्टी । त्यसो हुँदाखेरी स्वार्थ बाझ्ने र परिणाम केही नआउने । तर अहिले आउँदा अलि सजातिय । वामपन्थीहरुको बाहुल्यता छ । अर्को कुरा, दिर्घकालमा एउटै देशमा दुईवटा कम्युनिस्ट पार्टी समानान्तर ढंगले जान सक्दैन । जनताले एमाले, माओवादी, माधव नेपाल र अर्कोलाई पनि कम्युनिस्ट देख्छ । हामी पनि भोट माग्न । उनीहरु पनि भोट माग्न । छरिएर जानो हो भने पश्चिम बंगालको जस्तो हुन्छ ३५ वर्ष कम्युनिस्ट पार्टीले सरकार चलाए आज शुन्य छ । हामीले बुद्धि, ढंग पुर्‍याएनौँ भने हाम्रो पनि त्यो हाल नहोस् भनेर हामी सचेत नै हुनुपर्छ । ढिलोचाँडो यो देशमा वामपन्थी एउटा धार, प्रजातन्त्र, लोकतन्त्र भन्नेको अर्को धार हुनुपर्छ । आवश्यकता हो । विगतको समिक्षा र अहिलेको आत्मसात् गर्दै वामपन्थी ध्रुविकृत हुँदै जाने हो भने जनताको हिस्सा वामपन्थीलाई मन पराउने छ । यो सहकार्यले आपसी विश्वास पैदा गर्दै मोर्चा गर्दै एउटा पार्टी भविष्यमा हुनैपर्छ ।’

उपाध्यक्ष भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्नुपर्ने बताउनु भयो । उहाँले राज्यको हरेक निकायमा ३३ प्रतिशत अधिकार प्राप्त गर्नका लागि पनि आफूलाई क्षमतावान बनाउँदै लानुपर्नेमा जोड दिनुभयो । संविधानले दिएका सबै अधिकारहरुलाई कार्यान्वयन गर्न लाग्नुपर्ने उहाँको भनाई छ । भुसालले महिलालाई पैत्रिक सम्पत्तिको मालिक बनाउने एजेण्डासहित अगाडी बढ्नुपर्ने बताउनु भयो । महिलालाई आर्थिक अधिकार दिनुपर्ने कुरालाई पहिले आफ्नै पार्टीपंक्तिमा लागू गर्दै जानुपर्ने र देशव्यापी रुपमा अभियान सञ्चालन गर्नुपर्ने उहाँले बताउनु भयो ।