• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

कांग्रेसको महाधिवेशन भदौमा, देउवा र पौडेल समूह छुट्टाछुट्टै छलफलमा



काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन भदौमा हुनेगरी नयाँ कार्यतालिका ल्याउने तयारीमा जुटेका छन् । सभापति देउवा यही फागुनमा तय भएको महाधिवेशन हुन नसकेपछि आगामी भदौ ७, ८ र ९ महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउने तयारीमा जुटेका हुन् । 

देउवाले ल्याउन लागेको नयाँ कार्यतालिकाप्रति वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरूले आपत्ति जनाएसंगै बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको केन्द्रीय समिति बैठक बस्न सकेको छैन । देउवा र पौडेल दुवै समूह छुट्टाछुट्टै छलफलमा छन् ।