१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागु गर्नुपर्ने उपराष्ट्रपति पुन ध्यानाकर्षण (भिडियोसहित)

श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागु गर्नुपर्ने उपराष्ट्रपति पुन ध्यानाकर्षण (भिडियोसहित)
अ अ+ अ-

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागु गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बुधबार नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागु गर्न र साना लगानीको सञ्चारमाध्यमहरुको उठानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो । जनतालाई सुसूचित गर्दै नागरिक आन्दोलनको पक्षमा उभिने तथा लोकतन्त्रको रक्षाको निम्ति पहरेदारी गर्ने पत्रकारिता क्षेत्रमा नयाँ पुस्तालाई आर्कषित गर्नका लागि पत्रकारहरुको श्रमको सम्मान हुने व्यवस्थाको सुनिश्चितता गर्नु जरुरी रहेको उहाँको भनाई छ ।

उपराष्ट्रपति पुनले पत्रकारिताको विश्वसनीयता बारे प्रश्न उठ्न थालेको पनि बताउनुभयो । सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रियता लगायतका विषयमा सञ्चार क्षेत्रले ध्यान दिनुपर्ने कुरा संविधानमै उल्लेख भएको बताउँदै उहाँले पत्रकार आचारसंहिता समेत रहेको अवस्थामा कानुनहरु प्रेसमैत्री बनाउन पनि ध्यानाकर्षण गराउनुभयो ।

उपराष्ट्रपति पुनले नेपालको राजनीतिक परिवर्तनमा पत्रकार महासंघको भुमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धीको रक्षाको निम्ति संविधानलाई स्वस्थ राख्नुपर्ने उहाँको भनाई छ ।