• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

‘बहुमतको प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न पाउँछ’



काठमाडौं । प्रतिनिधि सभा विघटनका बारे संवैधानिक इजलास सामु एमिकस क्युरीका तर्फबाट राय दिन उभिएका वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले प्रधानमन्त्रीसँग विघटनको अधिकार रहेको बताएका छन् । बुधवारको बहसमा बोल्दै मैनालीले प्रधानमन्त्रीले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गर्न सक्ने बताएका हुन् ।  

'नेकपा अहिलेसम्म एउटै पार्टी रहेको मान्नुपर्छ,' उनले भने, 'संविधानको धारा ७६ को उपधारा १ बमोजिमको बहुमतको प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न पाउँछ ।'

मैनालीले बहुमत नगुमाएको प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न पाउने तर्क गरिपछि न्यायाधीश अनिलकुमार सिन्हाले यस्तो प्यारामिटर संविधान, कानून र नैतिकतामा कहाँ हुन्छ भनी प्रश्न गरेका थिए ।