• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, महाधिवेशन भदौमा गर्ने प्रस्ताव



काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन भदौमा गर्ने प्रस्ताव गरिएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू केन्द्रीय कार्यसमिति बैठकले भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो।

वरिष्ठ नेता रामचन्द्र पौडेलले जेठमा महाधिवेशन गर्नुपर्ने अडान राखेका थिए। वरिष्ठ नेता पौडेल र सभापति शेरबहादुर देउवाबीच सहमतिपछि भदौमा महाधिवेशन गर्ने गरी केन्द्रीय समितिमा प्रस्ताव गरिएको हो। 

कांग्रेसले भदौमा महाधिवेशन गर्ने हो भने संविधानको व्यवस्थाअनुसार अब छ महिना देउवा नेतृत्वको कार्यसमिति रहने छ । देउवा नेतृत्वको कार्यसमितिले भदौमा महाधिवेशन गरिसक्नुपर्ने हुन्छ । 

कांग्रेसले दिउँसो २ बजे केन्द्रीय समिति बैठक बोलाएको थियो। तीन घण्टा ढिलो गरी बैठक सुरू भएको छ।