१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा ओली समूहको चितवन जिल्ला अध्यक्षको जिम्मेवारी पार्वती रावललाई



अ+ अ-

चितवन । नेकपा ओली समूहको चितवन जिल्लाको पार्टी अध्यक्षमा पार्वती रावललाई चयन गरेको छ । नेकपा ओली पक्षको जिल्ला कमिटी बैठकले आज रावललाई अध्यक्षको जिम्मेवारी दिएको बताइएको हो । 

बुधबारको बैठकले नेता प्रकाश खनाल शैलेशलाई चितवन जिल्लाको पार्टी सचिवको जिम्मेवारी दिएको पनि सो समाचारमा जनाइएको छ ।

पार्वती रावल नेकपा एकीकरण भन्दा अघि तत्कालीन नेकपा एमालेको जिल्ला सचिव भएर काम गरिरहनुभएको थियो । उहाँ हाल राष्ट्रिय सभा सांसद पनि हुनुहुन्छ । त्यसैगरी सचिव बनेका खनाल पूर्व माओवादी एवम् हाल ओली पक्षका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादल समूहका नेता हुनुहुन्छ । 

त्यसैगरी नेकपाको चितवन जिल्लाको बैठकले जिल्लाको १० औं  जिल्ला अधिवेशन गराउन ५०१ सदस्यीय आयोजक कमिटी पनि गठन गरेको छ । कमिटीका सबै सदस्यहरूको सपथ यही फागुन १० गते राखिएको नवनियुक्त अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो । 

उता सो बैठकले नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियारलाई भने जिम्मेवारीबाट हटाएको छ । सो कुराको जानकारी नेकपा केन्द्रीय सदस्य पुरूषोत्तम न्यौपानेले दिनुभएको छ । परियारले पार्टीको नीति सिद्धान्त आदर्श र पार्टी एकता विरोधि गतिविधिमा संलग्न भएको आरोप लगाउँदै जिम्मेवारीबाट हटाइ पार्वती रावललाई अध्यक्षको जिम्मेवारी दिइएको थियो ।