२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओटीटीमा दर्शकको हिसाबले ‘एनिमल’ले रेकर्ड तोड्यो



अ+ अ-

एजेन्सी । ‘एनिमल’ले एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । फिल्मले नेटफ्लिक्स टप १० पिक्समा लगातार ६ हप्तासम्म सबैभन्दा धेरै हेरिएका चलचित्रहरूमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

यो उल्लेखनीय उपलब्धि भूषण कुमारद्वारा निर्मित र सन्दीप रेड्डी वाङ्गाद्वारा निर्देशित फिल्मले विश्वभरका दर्शकहरूबाट प्राप्त गरेको अपार लोकप्रियता र सकारात्मक प्रतिक्रियाको प्रमाण हो ।

‘एनिमल’लाई पहिलो हप्तामा असाधारण ६.२ मिलियन दर्शकहरूले हेरेका थिए । नेटफ्लिक्समा १.९ मिलियन भ्यूका साथ डंकी र ४.९ मिलियन भ्यूका साथ ुसालारु लाई एनिमलले पछि पारेको हो । जहाँ दोस्रो हप्तामा ‘एनिमल’ले ५.५ मिलियन भ्युज पाएको छ भने फेरी एक पटक क्रमशः ४.२ मिलियन र १९ मिलियन भ्युजका साथ ‘डंकी’र ‘सालार’ लाई पछि पार्दै हप्तादिनै दर्शकलाई आकर्षित गर्ने सफलतालाई निरन्तरता दिइरहेको छ ।

पहिलो साता ६ देशमा शीर्ष १० मा रहनु, दोस्रो साता १७ देशमा विस्तार भएको र नौ देशमा बलियो उपस्थिति कायम राख्नु फिल्मको प्रशंसनीय छ ।

‘एनिमल’ ले भारतीय बक्स अफिसमा कीर्तिमानी कमाई गरेको छ । भूषण कुमार द्वारा निर्मित र सन्दीप रेड्डी वांगा द्वारा निर्देशित यो फिल्म २०२३ को सबैभन्दा कमाई गर्ने फिल्म बनेको थियो ।